News Portal

  • बंगलादेशविरुद्ध टेस्ट सिरज क्रीकेट न्यूजिल्यान्डले जित्यो

    हिमाली संचार संवाददाता
    ३६३ पटक

    बंगलादेशविरुद्धको दोस्रो टेस्ट न्यूजिल्याण्डले आफ्नो पोल्टामा पारेको छ । रोज टेलरको दोहोरो सतकसँगै न्यूजिल्यान्डले बंगलादेशविरुद्ध एक इनिङ र १२ रनको जित दर्ता गर्‍यो । यससँगै न्यूजिल्यान्डले ३ टेस्टको श्रृंखला २–० ले जित्यो ।

    दोस्रो टेस्टको पहिलो दुई दिन वर्षाको कारण ‘वास आउट’ भएको थियो । त्यसका बाबजुद उत्कृष्ट बलिङको मद्दतले पाचौं दिनमा न्यूजिल्यान्डले जित निकाल्न सफल भयो । न्यूजिल्याडको जितको आधार टेलरको २०० रनको पारीले खडा गरेको थियो ।

    पाचौं तथा अन्तिम दिन न्यूजिल्यान्डलाई जितका लागि सात विकेटको आवश्यकता थियो भने बंगलादेशलाई इनिङ हार टार्न १ सय ४१ रन चाहिएको थियो । तर बंगलादेशलाई अल आउट गर्न होम टिमलाई एउटै सेसन पर्याप्त भयो ।

    न्यूजिल्यान्डका लेफ्ट आर्म बलर नील वाङ्गर र ट्रेन्ट बोल्टले बंगलादेशी ब्याट्सम्यानलाई धराशयी बनाएका थिए । वाङ्गरले १० ओभर बलिङ गर्दा ३७ रन खर्चेर ५ विकेट लिए । यसैगरी बोल्टले ३८ रन खर्चेर ३ विकेट आफ्नो पोल्टामा पारे । बंगलादेशका मोमदुल्लाहले सर्वाधिक ६७ रन बनाए पनि इनिङ हार टार्न सकेनन् ।

    यसअघि पहिलो इनिङमा बंगलादेशले २ सय ११ रन जोडेको थियो, जसमा तमिम इकवालले सर्वाधिक ७४ रन बनाएका थिए । न्यूजिल्यान्डले ४ सय ३२ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । न्यूजिल्यान्डका निकोल्सले १०७ र विलियम्सनले ७४ रन बनाएर टेलरलाई साथ दिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...