News Portal

भारतीय आर्मी टोपीले विवादमा क्रिकेट खेल !

हिमाली संचार संवाददाता
५६८ पटक

भारतले खेलभावना विपरीत खेलमा राजनीति घुसाएको भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा उजुरी दिएको छ । अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय खेलमा भारतीय क्रिकेटरले आर्मीले लगाउने क्याप लगाएर खेल्नु खेलको भावना विपरीत भएको र त्यसले क्रिकेटमा नकारात्मक असर पार्ने भन्दै पीसीबीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) विरुद्ध उजुरी दिएको हो ।

अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय खेलअघि भारतीय स्थल सेनाका मानार्थ लेफ्टिनेन्ट कर्नेल महेन्द्रसिंह धोनीले खेलाडीहरुलाई आर्मी क्याप दिएका थिए । जसलाई पुलवामा आक्रमणमा निधन भएका सैनिक जवानप्रतिको सम्मानका रुपमा बीसीसीआईले अथ्र्याएको थियो । त्यसबारे बीसीसीआईले आईसीसीलाई पूर्व जानकारी दिएर अनुमित लिएको बताइएको छ ।

उक्त घटनाले क्रिकेट जगतमा भारतको साख गिरेको भन्दै पीसीबीका अध्यक्ष एहसान मणिले भनेका छन्, ‘हामीले बलियो रुपमा उक्त कामलाई आईसीसीमा उठाएका छौं । भारत र पाकिस्तानको अवस्थाका बारेमा आईसीसीलाई राम्रोसँग जानकारी छ । हामी मान्छौँ खेललाई राजनीतिका लागि प्रयोग गर्नुहुँदैन, त्यही कुरा स्पष्ट रुपमा भनेका छौँ ।

भारतीय टिमका कप्तान विराट कोहलीले तेस्रो एकदिवसीयमा आर्मी क्याप लगाउनुको मतलब टसका बेला बताएका थिए । उनले सेनाको सम्मान र शहीद परिवारलाई केही सहयोग होस् भन्ने हेतुले आफूहरुले उक्त क्याप लगाएको बताएका थिए। हामीले पुलवामा आक्रमणमा शहीद भएका जवान र उनीहरुको परिवारको सम्मानमा यस्तो गरेका हौं ।

हामी सबै खेलाडीले यो खेलको ‘म्याच फी’मा आएको रकम पनि नेसनल डिफेन्स फण्डमा दिने छौँ । जसले शहीद परिवारको सन्तानको शिक्षादीक्षामा सहयोग पुग्ने आश गरेका छौं’ कोहलीले भनेका थिए। पीसीबीका अध्यक्ष एहसानले भने यस्तो कामको विरुद्ध आईसीसीले कडा कदम चाल्नुपर्ने बताएका छन् । उनले यसअघि पनि आईसीसीले यस्तै कदमका विरुद्ध कारबाही अपनाएको उदाहरण रहेको पनि बताए ।

इंग्ल्याण्डका अलराउण्डर मोइन अलिले २०१४ मा भारतसँगको टेष्टका दौरान ‘सेभ गाजा’, ‘फ्री प्यालेस्टाइन’ लेखेको ब्याण्ड हातमा लगाउँदा उनलाई प्रतिबन्धमा पारिएको थियो । जसमा इंग्ल्याण्ड क्रिकेट बोर्डले मोइनले राजनीतिक कारणबाट नभई मानवतावादका लागि उक्त ब्याण्ड लगाएको भन्दै उनको बचाउ गरेको थियो । तर म्याच रेफ्री डेभिड बुनले मोइनले आईसीसीको ड्रेस र उपकरणसम्बन्धी नियम उल्लंघन गरेको बताएका थिए ।

यस्तै दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरलाई २०१७ मा श्रीलंकाविरुद्धको खेलमा खेलभावना विपरीत सेलिब्रेसन गरेको भन्दै आईसीसीले चेतावनी दिएको थियो । श्रीलंका विरुद्धको टी ट्वान्टीमा विकेट लिएपछि ताहिरले जर्सीभित्र रहेको पाकिस्तानी पप आइकन जुनेद जमसेदको फोटो भएको टिसर्ट देखाएका थिए । जुनेद धार्मिक प्रवचकसमेत रहेका जुनेदको प्लेन दुर्घटनामा निधन भएको थियो ।

यसैले पीसीबीका अध्यक्ष एहसानले उस्तै खाले घटनामा कारबाही गरेको उदाहरण रहेकाले बीसीसीआईलाई उम्काउन नहुने बताएका छन्। त्यसका लागि आफूहरुले १२ घण्टाको फरकमा आईसीसीमा दुई पत्र पठाइसकेको पनि उनले बताए ।

पुलवामा आक्रमणपछि बिग्रिएको भारत–पाकिस्तान सम्बन्ध खेलकुदमा पनि देखिइरहेको छ। बीसीसीआईले केही दिनअघि आउने क्रिकेट विश्वकपमा पाकिस्तानलाई प्रतिबन्ध लगाउनुपर्ने माग आईसीसीमा गरेको थियो। एजेन्सी

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...