News Portal

नम्बर १ मा आइपुगे कप्तान कोहली

हिमाली संचार संवाददाता
८५६ पटक

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटका नम्बर एक ब्याट्सम्यान बनेका छन् ।

इंग्ल्याण्डसँगको पहिलो टेस्ट खेल ३१ रनले हारे पनि पहिलो इनिङमा १४९ र दोस्रो इनिङमा ५१ रन हानेका कोहली टेस्ट ब्याट्सम्यानको सूचिमा शीर्ष स्थानमा पुगेका हुन् ।

२९ वर्षका कोहलीले ३२ महिनादेखि शीर्ष स्थानमा रहेका अस्ट्रेलियन स्टीभ स्मीथलाई पछि पार्दै शीर्ष स्थान बनाएका हुन् । स्मीथ बल टेम्पिरिङका कारण एक वर्ष प्रतिबन्धमा रहेका छन् ।

सन् २०११ मा सचिन तेन्दुलकर शीर्ष स्थानमा रहेपछि कुनै पनि भारतीय ब्याट्सम्यान शीर्षमा पुगेका थिएनन् ।

कोहलीपछि स्मिथ रहेका छन् भने तेस्रो स्थानमा इंग्ल्याण्डका जोय रुट रहेका छन् । चौथोमा न्यू जिल्याण्डका केन विलियम्सन र पाँचौमा बल टेम्पिरिङकै कारण प्रतिबन्धमा रहेका अस्टे्रलियन ब्याट्सम्यान डेभिड वार्नर रहेका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...