News Portal

दोस्रोको कर्णाली प्रिमियर लिग आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने

हिमाली संचार संवाददाता
५१४ पटक

सुर्खेत : दोस्रो स्करणको कर्णाली प्रिमियर लिग (केपिएल) आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने भएको छ। आइतबार बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बैशाख १२ देखी २१ गते सम्म संञ्चालन गरिने आयोजक कर्णाली किक्रेट एकेडेमीले जनाएको छ।

बीरेन्द्रनगर रंगशालामा हुने प्रतियोगितामा विभिन्न ठाँउका ५ टिम सहित ३ वटा विभागिय टोलीको प्रतियोगितामा सहभागिता जनाउने भएका छन। प्रतियोगितामा ८ टिमलाई २ वटा समुहमा बिभाजन गरि प्रत्येकले एक-अर्कासंग १-१ खेल खेलेपछि समुहको उत्कृस्ट-२ टिमले सेमीफाइनलमा खेल्ने एकेडेमीका अध्यक्ष जिवन शाहीले जानकारी दिनुभयो।

लिग-कम नक-आउट फर्म्याटमा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने उहाँको भनार्इ छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्ने अध्यक्ष शाहीले बताउनुभयो। प्रतियोगितामा राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडीहरुको सहभागिता रहने छ भने प्रत्येक टिममा २ जना बिदेशी खेलाडीको पनि सहभागी गराउन सकिने भएको छ।

६० लाख खर्च लाग्ने अनुमान गरेको प्रतियोगिताको पुस्कारराशी भने केहि समय पछि घोषणा गरिने छ। गतबर्ष पहिलो सिजमा बिजेतालार्इ तिन लाख उपलब्ध गराएको भन्दै यसबर्ष पुरुस्कारको राशी बढार्इने आयोजकको भनार्इ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...