News Portal

दोस्रोको कर्णाली प्रिमियर लिग आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने

हिमाली संचार संवाददाता
५३१ पटक

सुर्खेत : दोस्रो स्करणको कर्णाली प्रिमियर लिग (केपिएल) आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने भएको छ। आइतबार बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बैशाख १२ देखी २१ गते सम्म संञ्चालन गरिने आयोजक कर्णाली किक्रेट एकेडेमीले जनाएको छ।

बीरेन्द्रनगर रंगशालामा हुने प्रतियोगितामा विभिन्न ठाँउका ५ टिम सहित ३ वटा विभागिय टोलीको प्रतियोगितामा सहभागिता जनाउने भएका छन। प्रतियोगितामा ८ टिमलाई २ वटा समुहमा बिभाजन गरि प्रत्येकले एक-अर्कासंग १-१ खेल खेलेपछि समुहको उत्कृस्ट-२ टिमले सेमीफाइनलमा खेल्ने एकेडेमीका अध्यक्ष जिवन शाहीले जानकारी दिनुभयो।

लिग-कम नक-आउट फर्म्याटमा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने उहाँको भनार्इ छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्ने अध्यक्ष शाहीले बताउनुभयो। प्रतियोगितामा राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडीहरुको सहभागिता रहने छ भने प्रत्येक टिममा २ जना बिदेशी खेलाडीको पनि सहभागी गराउन सकिने भएको छ।

६० लाख खर्च लाग्ने अनुमान गरेको प्रतियोगिताको पुस्कारराशी भने केहि समय पछि घोषणा गरिने छ। गतबर्ष पहिलो सिजमा बिजेतालार्इ तिन लाख उपलब्ध गराएको भन्दै यसबर्ष पुरुस्कारको राशी बढार्इने आयोजकको भनार्इ छ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...