News Portal

इन्डोनेसियन प्रशिक्षकले गरे फुटबलर रोहितको खोजी

हिमाली संचार संवाददाता
४५५ पटक

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित हुने भएका छन् । गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत बनेका थिए । जकार्ताको मुख्य सदस्यको रुपमा रहँदै आएका रोहितले आफ्नो खेलको प्रभाव देखाएकैले उनलाई क्लबले फेरि पनि बोलाएको हो ।

‘हामीले रोहितसँगको सम्झौताबारे मौखिक सहमति गरिसकेका छौं । अब भोलि या पर्सी उनी आइपुग्नेवित्तिकै लिखित सहमति हुने छ’ पर्सिजाका सिइओ फेर्री पोउलुसले इन्डोनेसियन सञ्चारमाध्यमसँग भनेका छन् ।

अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलरसमेत हुन् ।
पर्सिजामा दर्शकहरुबाट विशेष प्रभावित रोहितले त्यहाँ आफ्नो क्षमता देखाइसकेकाले अब अन्य देशका क्लबमा आबद्ध हुने चाहना रहेको बताएका थिए । अस्ट्रेलिया, मलेसिया र थाइल्याण्डका केही क्लबमा कुराकानी गरिरहे पनि उनी पुनः जकार्ता नै पुग्ने भएका हुन् ।

विशेष त गएको सिजन लिग जित्दा जकार्ताका प्रशिक्षक रहेका स्टेफानो कुगुरा टेको रोहितबाट निकै प्रभावित भएका थिए । नयाँ सिजनका लागि उनी इन्डोनेसियन लिग वानकै क्लब बालि युनाइटेड गएपछि रोहित पनि उतै जानसक्ने खबर पनि आइरहेका थिए ।

अहिले पर्सिजामा प्रशिक्षक बनेका इभान कोलेभ पनि रोहितको आगमनलाई लिएर सकारात्मक छन् । सिइओ पोउलुसका अनुसार प्रशिक्षक कोलेभकै आग्रहमा रोहितसँग नयाँ सम्झौताका लागि कुराकानि गरिएको थियो । रोहितको स्थानमा हेरिएका उज्वेकिस्तानका ज्याखोनगिर अब्दुमुमिनोभले प्रभाव देखाउन नसक्दा मिडफिल्डमा राम्रो खेलाडीको खोजिमा प्रशिक्षक कोलेभ थिए ।

रोहितको २०१८ को डिसेम्बर अन्तिममा पर्सिजासँग सम्झौता सकिएको थियो । यसअघि उनी २०१३ देखि २०१५ सम्म पर्सिजा जाकर्तामा अनुबन्धित भएका थिए । त्यसपछि २०१७ देखि २०१८ सम्म उनले उही क्लबबाट व्यवसायिक फुटबल खेले ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...