News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गायक नवराज पाण्डेले ल्याए ‘आँसु उपहार’

    हिमालीसंचार संवाददाता
    २८५ पटक

    पुस्तक रेग्मी – बेलायत – विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि चार दिन अगाडि आँसु उपहार गीत सार्वजनिक गरेका छन्।

    गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्।

    गायिका लक्ष्मी खड्काको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा विवस गोर्खालीको लय तथा शब्द सिर्जना रहेको छ ।

    आँसु उपहार नाम दिएको गीतमा पछिल्लो समयको चर्चित मोडल स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन्।

    गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ। यस गीतले प्रेम र मायामा छुट्टिएका जोडीहरूको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ।

    गीतका बोल रचनाकारले उत्कृष्ट रूपमा सिर्जना गरेका छन् भने लय तथा संगीत पनि मनमोहक छ। गायक नवराज पाण्डे र गायिका लक्ष्मी खड्काले आफ्नो सुमधुर आवाजले गीतलाई अझ बढी मिठास दिएको छ।

    सही उक्त सार्वजनिक म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने सम्पादन सुजन कोइरालाले गरेका हुन्। पछिल्लो समयमा निकै व्यस्त रहेका निर्देशक निशान बाँनीयाले निर्देशन गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

    कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने...

    ‘पाटन फेस्ट २०२५’ : दुर्गेश थापा र चर्चित ब्यान्डहरूको धमाकेदार प्रस्तुति

    ललितपुर, चैत्र २० – आगामी चैत्र २३ गते शनिबार ललितपुरको च्यासल खेलमैदान मा ‘पाटन फेस्ट...

    भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता

    काठमाडौं, चैत्र २० – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनका...

    कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

    चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि...

    सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

    काठमाडौं, २० चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा...