News Portal

व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन्।

संगीता गुरुङ
३३५ पटक

कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन्। सुर्खेत भेरीगंगा नगरपालिका–७, काठेपारीका ४९ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई प्रहरीले सार्वजनिक गरेको हो। उनी कोहलपुर नगरपालिका–५ मा डेरा लिएर बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीका अनुसार क्षेत्रीले विभिन्न विदेशी नम्बरबाट ह्वाट्सएप खाता खोली व्यवसायीहरूलाई धम्क्याउने र ठूलो रकम माग्ने कार्य गर्दै आएका थिए। अनुसन्धानका क्रममा उनले आफूलाई भारतीय ग्याङस्टर लरेन्स बिस्नोई र उनका भाइ अनमोल बिस्नोईको रूपमा परिचय दिँदै व्यवसायीहरूसँग फिरौती माग्ने गरेको खुलेको छ।

यसअघि पनि कर्तव्य ज्यान, अपहरण, फिरौती असुली, हतियार खोस्ने तथा चन्दा आतंक जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। २०७० सालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई पाँच वर्ष जेल सजाय भुक्तान गरेका क्षेत्री पूर्व सैनिकसमेत रहेका छन्।

प्रहरीका अनुसार, पछिल्लो समय अन्य व्यवसायीहरूलाई समेत यस्तै धम्कीपूर्ण सन्देशहरू पठाइएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...