News Portal

  • व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

    बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन्।

    संगीता गुरुङ
    २२० पटक

    कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन्। सुर्खेत भेरीगंगा नगरपालिका–७, काठेपारीका ४९ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई प्रहरीले सार्वजनिक गरेको हो। उनी कोहलपुर नगरपालिका–५ मा डेरा लिएर बस्दै आएका थिए।

    इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीका अनुसार क्षेत्रीले विभिन्न विदेशी नम्बरबाट ह्वाट्सएप खाता खोली व्यवसायीहरूलाई धम्क्याउने र ठूलो रकम माग्ने कार्य गर्दै आएका थिए। अनुसन्धानका क्रममा उनले आफूलाई भारतीय ग्याङस्टर लरेन्स बिस्नोई र उनका भाइ अनमोल बिस्नोईको रूपमा परिचय दिँदै व्यवसायीहरूसँग फिरौती माग्ने गरेको खुलेको छ।

    यसअघि पनि कर्तव्य ज्यान, अपहरण, फिरौती असुली, हतियार खोस्ने तथा चन्दा आतंक जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। २०७० सालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई पाँच वर्ष जेल सजाय भुक्तान गरेका क्षेत्री पूर्व सैनिकसमेत रहेका छन्।

    प्रहरीका अनुसार, पछिल्लो समय अन्य व्यवसायीहरूलाई समेत यस्तै धम्कीपूर्ण सन्देशहरू पठाइएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...