News Portal

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

संगीता गुरुङ
२४८ पटक

चैत्र १९, काठमाडौँ – डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका-१ तिखास्थित सडकमा सोमबार साँझ एक बोलेरो दुर्घटना भएको थियो। दिपायलबाट आदर्शतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४११८ नम्बरको बोलेरोबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहरा खसेर गम्भीर घाइते भएका थिए। घाइतेलाई शैलेश्वरी अस्पताल, दिपायलमा उपचार गरिएपनि उनको मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहामा पनि एक दुर्घटना भएको छ। धनगढीमाई नगरपालिका-११ स्थित सडकमा धनगढीबाट शान्तिपुरतर्फ जाँदै गरेको को.१ च ८६१२ नम्बरको एम्बुलेन्सले ४० वर्षीया वविता यादवलाई ठक्कर दिएको थियो। यो घटना सोमबार राति भएको हो र ठक्करबाट गम्भीर घाइते वविता यादवको उपचारको क्रममा सिराहाको आरके मेडिसिटि अस्पतालमा मृत्यु भएको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका-२ दोघरास्थित सडकमा मंगलबार बिहान एक मोटरसाइकल दुर्घटना भएको छ। से.४ प ३५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेर २४ वर्षीय अनिष चौधरीको मृत्यु भएको हो। उनलाई बर्दगोरिया अस्पतालमा उपचार गर्दा मृत घोषित गरिएको छ। साथै, मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भएका छन् र उपचार भइरहेको छ।

प्रहरीले यी सबै दुर्घटनामा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...