News Portal

‘पाटन फेस्ट २०२५’ : दुर्गेश थापा र चर्चित ब्यान्डहरूको धमाकेदार प्रस्तुति

‘पाटन फेस्ट २०२५’ महोत्सवमा गायक दुर्गेश थापा सहित प्रमुख ब्यान्डहरूले प्रस्तुति दिनेछन्।

संगीता गुरुङ
३४७ पटक

ललितपुर, चैत्र २० – आगामी चैत्र २३ गते शनिबार ललितपुरको च्यासल खेलमैदान मा ‘पाटन फेस्ट २०२५’ आयोजना गर्न लागिएको छ। यस महोत्सवमा गायक दुर्गेश थापा सहित प्रमुख ब्यान्डहरूले प्रस्तुति दिनेछन्।

महोत्सवमा जोन एण्ड द लोकल्स, पूर्ण राई दाजुभाइहरू, अल्बारोस, स्वार जस्ता चर्चित ब्यान्डहरूको आकर्षक संगीत प्रस्तुत हुनेछ। आयोजकको अनुमान अनुसार, १०,००० भन्दा बढी दर्शक महोत्सवमा सहभागी हुनेछन्।

दर्शकहरूले खल्ती एप मार्फत टिकट किनेर महोत्सवमा सहभागी हुन सक्नेछन्। यस अवसरमा २० वटा स्टल राखिनेछ जसमा विविध प्रकारका खानेकुरा उपलब्ध गराइनेछन्।

महोत्सवमा अत्याधुनिक साउण्ड सिस्टम को प्रयोग गरिनेछ, जसले संगीतप्रेमीहरूलाई उच्चतम स्तरको संगीत अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ। यस फेस्टिवलले पाटनको पर्यटनलाई प्रोत्साहन गर्न मद्दत गर्ने विश्वास आयोजकहरूको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...