News Portal

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

संगीता गुरुङ
२८० पटक

काठमाडौं, २० चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

रेडियो नेपालको ७५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता सरकारको प्राथमिकतामा रहेको र व्यवहारमै यसको प्रमाणित उदाहरणहरू देखिएको बताए।

उनले प्रेस जगत्ले राष्ट्रियता, लोकतन्त्र, सुशासन, र समृद्धिलाई प्रवर्द्धन गर्नुपर्नेसमेत उल्लेख गरे। साथै, सरकारद्वारा अघि सारिएका सामाजिक परिवर्तन, विकास, पारदर्शिता, र सुशासनका अभियानहरूलाई जनतामाझ पुर्‍याउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा राखे।

प्रधानमन्त्री ओलीले रेडियो नेपालले विगतदेखि नै नेपालमा राजनीतिक जागरण ल्याउन महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै अब आधुनिक प्रविधिको सदुपयोग गर्दै सूचना प्रसारणलाई रोजगारी सिर्जना र आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताए।

 

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...