News Portal

राजधानीमा शान्तिपूर्ण होली: जबरजस्ती रङ दल्ने प्रवृत्ति घट्दै

राजधानी काठमाडौंमा यस वर्षको होली पर्व शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ।

संगीता गुरुङ
२३८ पटक

फाल्गुन २९, काठमाडौं – राजधानी काठमाडौंमा यस वर्षको होली पर्व शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ। विगतका वर्षहरूमा जस्तो जबरजस्ती रङ दल्ने, फोहर पानी खन्याउने, वा पैदलयात्रुहरूलाई असहज बनाउने घटना उल्लेखनीय रूपमा कम देखिएको छ।

केही वर्षअघिसम्म होलीका दिन घरबाहिर निस्कनुअघि मानिसहरू डराउँथे, बाल्टीभरि पानी खन्याउने, रसायनयुक्त रङ लगाइदिने जस्ता गतिविधि सामान्य मानिन्थ्यो। तर, पछिल्ला वर्षहरूमा होली पर्व संस्कृतिसँगै अनुशासन र सभ्यताको रूपमा विकसित हुँदै गएको छ।

यस पटक होली मनाउनेहरूले आफूहरूकै समूहभित्र रमाएर पर्व मनाएका छन्। सवारीसाधनमा यात्रा गर्ने वा सडकमा हिँड्नेहरूका लागि असहज परिस्थिति देखिएको छैन। जबरजस्ती रङ लगाउने वा पानी खन्याउने प्रवृत्ति न्यून भएको स्थानीयहरू बताउँछन्।

विगतमा विशेषगरी युवतीहरू होलीअघि नै लोलामा पानी छ्याप्ने प्रवृत्तिका कारण असहज महसुस गर्थे। तर, यसपालि फागु पूर्णिमाको दिन सहज रूपमा आवतजावत गर्न सकिएको धेरैको अनुभव छ। केही स्थानमा अपवादका रूपमा जबरजस्ती रङ लगाइएको भए पनि फोहर पानी वा रसायनिक रङको प्रयोगबाट दुर्व्यवहार भएको देखिएको छैन।

संस्कृति र परम्परालाई कायम राख्दै पारिवारिक तथा सामाजिक रूपमा मनाउनुपर्ने होली पर्वमा काठमाडौं लगायतका पहाडी तथा हिमाली जिल्लाहरूमा सकारात्मक परिवर्तन देखिएको छ। यसपालिको होली सभ्य, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...