News Portal

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा

संगीता गुरुङ
२३३ पटक

काठमाडौं, चैत्र १९ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा दायर गरिएको रिट निवेदन न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासले उक्त रिट हेर्न नमिल्ने भनी फिर्ता गरेको थियो। त्यसपछि मंगलबार न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भएको हो।

गत चैत्र १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिए पनि छलफलका लागि चैत्र १७ गतेका लागि मिति सारिएको थियो।

रिट निवेदनमा घिसिङले मन्त्रिपरिषद्ले आफूलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय खारेज गर्न माग गरेका छन्। त्यस्तै, शाक्यले आफूलाई गैरकानुनी रूपमा पदच्युत गरिएको भन्दै चार वर्षको पारिश्रमिक दाबी गरेका छन्।

चैत्र ११ गते सरकारको निर्णयअनुसार घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई पुनः कार्यकारी निर्देशक नियुक्त गरिएको थियो। यस विषयमा अदालतको फैसला कसरी आउँछ भन्ने कुरामा चासो बढेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...