News Portal

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा

संगीता गुरुङ
१६५ पटक

काठमाडौं, चैत्र १९ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा दायर गरिएको रिट निवेदन न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासले उक्त रिट हेर्न नमिल्ने भनी फिर्ता गरेको थियो। त्यसपछि मंगलबार न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भएको हो।

गत चैत्र १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिए पनि छलफलका लागि चैत्र १७ गतेका लागि मिति सारिएको थियो।

रिट निवेदनमा घिसिङले मन्त्रिपरिषद्ले आफूलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय खारेज गर्न माग गरेका छन्। त्यस्तै, शाक्यले आफूलाई गैरकानुनी रूपमा पदच्युत गरिएको भन्दै चार वर्षको पारिश्रमिक दाबी गरेका छन्।

चैत्र ११ गते सरकारको निर्णयअनुसार घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई पुनः कार्यकारी निर्देशक नियुक्त गरिएको थियो। यस विषयमा अदालतको फैसला कसरी आउँछ भन्ने कुरामा चासो बढेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...