News Portal

कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ।

संगीता गुरुङ
२१४ पटक

चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

यसअघि, चैत्र १५ गते सर्वोच्च अदालतले घिसिङलाई बर्खास्त गर्नुको कारण सरकारसँग माग गर्दै चैत्र १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। तर, सो दिन उक्त मुद्दा सुनुवाइयोग्य सूचीमा समावेश नभएकाले प्रक्रिया अघि बढ्न सकेन।

न्यायाधीश अब्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई हटाउनुको कारण सरकारसँग माग गरेको थियो। सरकारले गत सोमबार मन्त्रिपरिषद बैठकमार्फत घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेपछि घिसिङ सर्वोच्च अदालत पुगेका थिए।

घिसिङले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको भन्दै सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको मागसहित रिट दायर गरेका छन्।

यसैबीच, शाक्यले पनि आफूलाई चार वर्षअघि हटाएर घिसिङलाई नियुक्त गरिएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफ्नो पद पुनःस्थापना हुनुपर्ने माग गरेका थिए।

हाल शाक्यको सो मुद्दाको टुंगो नलाग्दै घिसिङ अदालतमा पुगेपछि उनले अदालतसँग आफ्नो मुद्दा नसकिएसम्म घिसिङको रिटमा सुनुवाइ नगर्न आग्रह गरेका छन्। अब यो प्रकरणमा सर्वोच्च अदालतको आगामी निर्णय प्रतीक्षारत छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...