News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • काठमाडौंमा किशोर हत्या प्रकरण: ऋण विवादका कारण ६ जना पक्राउ

    काठमाडौंको माकलबारीमा एक किशोरको हत्या गरी गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    संगीता गुरुङ
    ५९ पटक

    काठमाडौं, चैत्र १८ – काठमाडौंको माकलबारीमा एक किशोरको हत्या गरी गाडिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि १९ वर्षीय राहुल साहको शव फेला परेको हो। उनी सर्लाही चक्रघट्टा गाउँपालिका-८ निवासी भई हाल गोकर्णेश्वर बाहुनधारामा बस्दै आएका थिए। चैत ११ गतेदेखि बेपत्ता भएका उनको शव चैत १५ गते फेला परेको थियो।

    प्रहरीका अनुसार, घटनामा संलग्न रहेको आशंकामा बाहुनधाराका २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल तथा भारतीय नागरिक २९ वर्षीय सुनिल शर्मालाई नियन्त्रणमा लिइएको छ।

    शर्मा आरके मोटरसाइकल वर्कसपका सञ्चालक हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, उनले केही समय अघि साहलाई ६० हजार रुपैयाँ ऋण दिएका थिए। पछि ब्याजसहित एक लाख ५० हजार रुपैयाँ फिर्ता गर्नुपर्ने माग गरेपछि विवाद भएको खुलेको छ।

    प्रहरी स्रोतका अनुसार, यही विवादकै क्रममा साहको हत्या भएको आशंका गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

     

    प्रतिकृया दिनुहोस्

    व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

    कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने...

    ‘पाटन फेस्ट २०२५’ : दुर्गेश थापा र चर्चित ब्यान्डहरूको धमाकेदार प्रस्तुति

    ललितपुर, चैत्र २० – आगामी चैत्र २३ गते शनिबार ललितपुरको च्यासल खेलमैदान मा ‘पाटन फेस्ट...

    भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता

    काठमाडौं, चैत्र २० – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनका...

    कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

    चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि...

    सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

    काठमाडौं, २० चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा...