News Portal

रतुवामाई–५ को अर्को काण्ड बाहिरियो

मोरङको रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको छ।

रबिन्द्र बराल
२४१ पटक

मोरङ, चैत्र १८ – रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको छ। वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरी गलत नाता प्रमाणित गरिदिएका हुन्।

स्व. रुस्तम अली मियाँका तीन जना छोरा थिए। सम्पत्ति बाँडफाँट गर्दा एक छोराका सन्तानलाई छुटाएर दुई छोराको परिवारले मात्रै सम्पत्ति उपभोग गर्न पाउने गरी नाता प्रमाणित गरिएको पाइएको छ। रतुवामाई–५ गोविन्दपुरका मियाँले मोहीबापत मनमाया मैनालीबाट चार बिघा जग्गा पाएका थिए। उनका तीन छोरा थिए, तर मियाँसहित दुई छोराको मृत्यु भइसकेको छ।

वडाध्यक्ष कार्कीले रुस्तमका दुई छोरा— मुहम्मद नवाब उदिन मियाँ र स्व. इरफान अली मियाँ मात्रै रहेको भन्दै २०८० पुस २४ गते नाता प्रमाणित गरिदिएका छन्। सोही प्रमाणित कागजातका आधारमा रुस्तमका ती दुई सन्तानले मात्रै मोहियानी हकको जग्गा प्राप्त गरेका छन्।

तर, वडाध्यक्षले नाता प्रमाणित गर्दा रुस्तमका जेठा छोरा स्व. नाजीमुदिन मियाँको परिवारलाई अंशबाट पूर्ण रूपमा छुटाइदिएका छन्। नाजीमुदिनका नाति महम्मद अलन्जिरका अनुसार वडाध्यक्षको मिलेमतोमा उनको पुस्तालाई अंशबाट बञ्चित गरिएको छ।

“वडा कार्यालयले कसरी सर्जमिन गरेर नाता प्रमाणित गर्यो, थाहा भएन। हाम्रो परिवारलाई नै अलग बनाइदियो। वडाले मिलेमतोमा यो कार्य गरेको जस्तो लाग्छ,” अलन्जिरले भने। उनका अनुसार वडाध्यक्ष कार्कीलाई रुस्तम अलीका तीन छोरा भएको जानकारी थियो। तर, उनले दुई जना मात्रै रहेको प्रमाणपत्र दिए, जसका कारण नाजीमुदिनको परिवार सम्पत्तिबाट बञ्चित भयो।

मोहीबापत प्राप्त उक्त जग्गा महँगो मूल्यको मानिन्छ। वडाध्यक्षका कारण एक छोराको परिवार सम्पत्तिको हकबाट अलग भएपछि न्यायका लागि उनीहरू धाइरहेका छन्। गोविन्दपुरकी मनमाया मैनालीको नाममा रहेको ९ बिघा ४ कट्ठा जग्गामा रुस्तम अली मियाँको मोहियानी हक थियो। मृत्युपछि उनले चार बिघा चार कट्ठा १८ धुर मोहियानी जग्गा पाएका थिए।

वडा कार्यालयले पठाएको पत्रका आधारमा भूमि सुधार तथा मालपोत कार्यालय, विराटनगरले गत वर्ष फागुनमा रुस्तमका नाममा रहेको जग्गा उनका दुई छोराको नाममा कित्ताकाट गरिदिएको थियो।

वडाध्यक्ष कार्कीले नाता प्रमाणित गर्दा कमजोरी भएको स्वीकार्दै भने, “सर्जमिनका लागि जाँदा एउटा छोराको परिवार जीवित नरहेको भन्दै बाँकी दुई छोराका परिवारले ढाँटेका रहेछन्।”

उनले थपे, “सर्जमिन गर्दा उनीहरूले आफन्त छैनन्, मरेर गइसके भनेपछि दुई जना छोरा रहेको नाता प्रमाणित भयो। अर्को पक्ष आएपछि मैले कानुनी रूपमा जान सुझाव दिएको छु। कानुनी प्रक्रियामा जानु भयो भने सहयोग गर्नेछु।”

कार्कीका अनुसार अंश पाउने परिवार र अंशबाट बञ्चित भएको परिवारबीच गत वर्ष विवाद भएपछि सर्जमिनमा गल्ती भएको विषय बाहिर आएको हो।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...