News Portal

गहना चोरीको आशंकामा एक जना काठमाडौंमा पक्राउ

हिमालीसंचार संवाददाता
२२३ पटक

काठमाडौं, चैत्र १३ – काठमाडौंबाट एक व्यक्तिलाई बिल नदेखिएका सुनका गहना सहित पक्राउ गरिएको छ।

काठमाडौं महानगरपालिका-१५ स्थित स्वयम्भू आनन्दकुटीमा प्रहरीले ४१ वर्षीय दिपेशलाल चित्रकारलाई पक्राउ गरेको हो। उनी नुवाकोटको विदुर नगरपालिका-५ का निवासी हुन् र हाल कलंकीमा बसोबास गर्दै आएका छन्।

प्रहरीलाई प्राप्त जानकारी अनुसार, दिपेशलाल सुनका गहना बिक्री गर्न हिँडिरहेको सूचना प्राप्त भएपछि उनको खोजी गरी पक्राउ गरिएको हो। उनीसँग विभिन्न सुनका गहना फेला परेको छ।

बरामद गरिएका गहनामा ११ वटा नौगेडी माला, ७ वटा सिङगल गेडी माला, १३ वटा क्रिष्टल माला, ६ वटा मंगलसुत्र, १ सोली गेडी माला, ३ जोडी टप, १ तिलहरी, ९ वटा क्लिप, ३ वटा मोतीका माला, १ लकेट, १ मोतीहार, २४ वटा औंठी, १९ वटा फुली र ३ वटा गेडी सामेल छन्।

गहनाका बिल नभेटिएपछि दिपेशलाललाई पक्राउ गरिएर थप अनुसन्धानको लागि उनलाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...