News Portal

साथीमाथि खुकुरी प्रहार: बहिनी जिस्क्याएको रिसमा हत्या

संगीता गुरुङ
३०९ पटक

चैत्र १४, ललितपुर – ललितपुरको इमाडोलमा एक युवकको हत्या भएको छ। महालक्ष्मी नगरपालिका-४, ओचु हाइटस्थित मन्दिर अगाडि बुधबार राति खुकुरी प्रहार गरी ३० वर्षीय रिपक खातीको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २५ वर्षीय सुमन रसाइली पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा खातीले रसाइलीकी १५ वर्षीया बहिनीलाई जिस्क्याउने गरेको बताइएको छ।

एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, बुधबार राति सुमनले रिपकलाई मन्दिर नजिकै बोलाएका थिए। चिनजानकै भएकाले रिपक त्यहाँ पुगेका थिए। तर, भेट्नासाथ सुमनले खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि प्रहरी टोली राति नै घटनास्थलमा पुगेको थियो। शव संकलन गरी बिहीबार बिहान पाटन अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...