News Portal

पोखराबाट अपहरण गरिएकी अमेरिकी नागरिकको सकुशल उद्दार, अपहरणमा संलग्न एक महिला पक्राउ

नेपाल घुम्न आएकी एक अमेरिकी नागरिकलाई अपहरण गरी फिरौती माग्ने एक महिला पक्राउ परेकी छन्।

संगीता गुरुङ
२५३ पटक

चैत्र १४, पोखरा – नेपाल घुम्न आएकी एक अमेरिकी नागरिकलाई अपहरण गरी फिरौती माग्ने एक महिला पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मकवानपुर प्रहरीले संयुक्त रूपमा अपहरणमा संलग्न नुवाकोट बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, ७० वर्षीया अमेरिकी नागरिक साथीहरूसँग मुक्तिनाथ दर्शनका लागि नेपाल आएकी थिइन्। पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी उनलाई लामाले चिनजानकै आधारमा विश्वास जित्दै घरमा लैजाने प्रस्ताव गरेकी थिइन्। तर, उनले घर लैजाने बहानामा पीडितलाई नियन्त्रणमा लिई लुकाएर राखिन् र फिरौतीस्वरूप ३ लाख युरो (साढे ४ करोड रुपैयाँ) माग्न थालिन्।

यस घटनाबारे जानकारी पाएपछि नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो। तत्पर बनेको प्रहरी टोलीले अनुसन्धान गर्दै पीडितको खोजी कार्यलाई तीव्र बनायो। अनुसन्धानका क्रममा पीडितलाई पोखराबाट चितवन, हेटौँडा हुँदै पर्सा लैजाने योजना रहेको खुलेको छ। प्रहरीका अनुसार, अपहरणकारीको लक्ष्य उनलाई भारतसम्म लैजाने हुन सक्थ्यो।

दूतावासको सूचनाका आधारमा कास्की प्रहरीले तत्कालै अपहरणमा परेकी अमेरिकी नागरिकलाई सकुशल उद्दार गर्न सफल भएको छ। पक्राउ परेकी सरिता लामामाथि अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...