News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएनको अधिवेशन मे भन्दा पर जान हुँदैन : परराष्ट्रमन्त्री डा. राणा

    हिमालीसंचार संवाददाता
    ३५६ पटक

    काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली सङ्घ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन्।

    नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएकोमा सर्वोच्च अदालतको गत वर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय समितिलाई एकताको अधिवेशन गर्ने जिम्मा दिइएको थियो।

    सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले डा. शेष घलेको नेतृत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेर फैसलाको पूर्ण पाठ सार्वजनिक भएको ६ महिनाभित्र अधिवेशन गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चको फैसला ढिलो गरी सार्वजनिक भएकाले आगामी मे १८ तारिखमा ६ महिना पुग्छ।

    घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३–५ काठमाडौँमा भौतिक उपस्थितिमा एनआरएनएको अधिवेशन गर्ने गरी मिति घोषणा गरेको छ भने अहिले सदस्यता आह्वान गरिसकेको छ। उच्चस्तरीय समितिले अधिवेशनको तयारी अघि बढाउँदा बालुवाटारबाट काम गरिरहेको डा. बद्री केसी समूहले अहिलेसम्म उच्चस्तरीय समितिसँग समन्वय गरेको छैन भने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले गरेको आग्रहलाई पनि मानेको छैन। एक पटक पनि उच्चस्तरीय समितिको बैठकमा उपस्थित नभएका डा. केसी शुक्रवार परराष्ट्रमन्त्री राणाले बोलाएको बैठकमा भने उपस्थित भएका थिए। उक्त बैठकमा केसीले मेमा तोकिएको अधिवेशन पर सार्नु पर्ने तर्क गरेपछि परराष्ट्रमन्त्री राणाले सर्वोच्चको परमादेश कार्यान्वयन गर्ने कुरामा दायाँबायाँ नहुने प्रस्ट पारिन्।

    छलफलमा सहभागी कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवले अदालतले दिएको समय सीमामा जसरी पनि अधिवेशन गरेर संस्था नवीकरण गर्नुपर्ने बताएका थिए। अर्को पक्षलाई समेट्ने कुरामा सहजीकरण गर्न उच्चस्तरीय समितिलाई मन्त्री राणाले आग्रह गरेपनि परमादेशको मिति कटाउन भने नपाइने बताइन्।

    आजको बैठकमा यसअघि उच्चस्तरीय समितिमा उपस्थित नभएका केसीसहित पूर्वअध्यक्षहरू पनि उपस्थित भएका थिए।

    प्रतिकृया दिनुहोस्

    व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

    कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने...

    ‘पाटन फेस्ट २०२५’ : दुर्गेश थापा र चर्चित ब्यान्डहरूको धमाकेदार प्रस्तुति

    ललितपुर, चैत्र २० – आगामी चैत्र २३ गते शनिबार ललितपुरको च्यासल खेलमैदान मा ‘पाटन फेस्ट...

    भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता

    काठमाडौं, चैत्र २० – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनका...

    कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

    चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि...

    सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

    काठमाडौं, २० चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा...