News Portal

  • एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

    हिमालीसंचार संवाददाता
    १९९ पटक

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक हप्ता थप गर्ने निर्णय गरेको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न समितिको १३ औं बैठकले त्यस्तो निर्णय गरेको हो।

    यसअघि सदस्यताको लागि आवेदन दिने मिति मार्च ३१, २०२५ सम्म तोकिएकोमा अब अप्रिल ७, २०२५ (नेपाली समय अनुसार २३ः५९ सम्म) उच्चस्तरीय समितिको  वेबसाइट www.nrnahlc.com मा गएर सदस्यताका लागि आवेदन दिन पाइनेछ।

    बैठकले अहिलेको विशेष परिस्थितिका कारण  एमआइएस सिस्टममा दर्ता भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरुलाई पनि अनिवार्यरुपमा उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनुपर्ने निर्णय गरेको छ।

    साथै, बैठकले आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा हुन गैरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रुपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि शुरु गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा डेलिगेट्सको रुपमा सहभागी हुन चाहने सबै पंजीकृत सदस्यहरुले अप्रिल २२, २०२५ सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १ सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्नेछ।

    उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व  र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए। त्यस्तै आर्थिक, विधान, सदस्यता वितरण एवम् प्रचार प्रसार उपसमितिका संयोजकहरुले आआफ्नो उपसमितिका गतिविधिहरूबारे जानकारी गराएका थिए।

    उच्चस्तरीय समितिको १३औं बैठकमा सहभागी कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुले मे महिनामा काठमाडौँमा हुने महाधिवेशनलाई सफल बनाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण भइरहेको बताए। साथै, विधानमा उल्लेखित कार्यक्षेत्र (टिओआर)को विषयमा सहजीकरण गर्न उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरलाई जिम्मा दिने निर्णय गरिएको छ।

    एनआरएनए उच्चस्तरीय समितिले समस्त गैरआवासीय नेपालीहरुलाई सदस्यता प्रक्रियामा सहभागी हुन तथा महाधिवेशनको तयारीमा सहयोग गर्न आग्रह पनि गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...