News Portal

एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीले अपिल गरेका छन्।

हिमालीसंचार संवाददाता
२५४ पटक

चैत्र १४, बुडापेष्ट – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन्।

अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौंमा हुन गइरहेको एकताको महाधिवेशनमा सबै पक्ष सहभागी हुनुपर्ने बताए। उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको उल्लेख गर्दै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

गएको केही समययता एनसीसीहरू चेपुवामा परेका छन्। एनसीसीहरू स्वायत्त निकाय हुन्। यिनलाई चेपुवामा पार्नु ठिक होइन। आपसमा अहंकारको लडाइँ गर्नुको सट्टा मिलेर अगाडि बढ्दा नै संस्था र सबै एनआरएनहरूको हित हुन्छ,” उनले भने।

उनले हंगेरीमा बस्ने सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइट (www.nrnahlc.com) मा गएर ३१ मार्च २०२५ भित्र सदस्यताको लागि निवेदन दिन आग्रह गरे।

अध्यक्ष भण्डारीले बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम सदस्यता सूचना प्रणाली (एमआईएस) लगायत संघको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन पनि आग्रह गरे। “संघको भवन र सचिवालय हामी सबैको साझा सम्पत्ति हो। कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन,” उनले भने।

धम्पुसदेखि बुडापेष्टसम्म

गएको २० वर्षदेखि हंगेरीमा बसोबास गर्दै आएका भण्डारीका अनुसार हंगेरीमा झन्डै १,२०० नेपालीहरू छन्। “धेरैजसो नेपालीहरू ग्रामीण क्षेत्रमा खेतीपाती वा कारखानामा काम गरेर बस्नुहुन्छ। उहाँहरूलाई संस्थामा जोड्न गाह्रो छ,” भण्डारीले भने।

हरेक वर्ष हंगेरीका नागरिकहरूलाई नेपालको पदयात्रामा लैजाने गरेका भण्डारीले हस्तकला लगायत नेपालका उत्पादन युरोपमा बिक्री गर्न सघाउने गरेका छन्। कास्कीको रमणीय पर्यटकीय केन्द्र धम्पुसमा अन्नपूर्ण हिमाल हेर्दै हुर्किएका भण्डारीले धम्पुसमै अन्नपूर्णा किन्डरगार्डन स्थापना गरेका छन्।

उक्त किन्डरगार्डनका तीन जना शिक्षिकाहरूको तलब मैले नै उपलब्ध गराउँदै आएको छु। कहिलेकाहीँ पर्यटकहरूले पनि सहयोग गर्नुहुन्छ,” उनले भने।

हामी केही लिन होइन, दिनका लागि एनआरएन अभियानमा लागेका हौं। अब सबै मिलेर सहकार्य गरौं। मातृभूमिको सेवाका लागि हातेमालो गरौं,” भण्डारीले भने।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...