News Portal

  • पूर्वी नेपालको इलामको सात ‘अ’ को पृथक पहिचान, कहिलेबाट चिया खेती शुरु गरियो (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २३५ पटक

    सन्जिब कोयी – पूर्वी नेपालको इलाम जिल्ला कृषि पर्यटनको नमूना गन्तव्य जिल्ला हो । प्राकृतिक सौन्दर्य नागवेली डाडै डाडाको भूबनोट रहेको हरित जिल्ला हो इलाम । पूर्वी नेपालको इलाम जिल्लालाई इलमीहरुको जिल्ला भने पनी हुन्छ। इलाम जिल्लाले सात ‘अ’ को मौलिक पृथक पहिचान बनाएर आफ्नो नाम स्थापित गरेको छ । 

    इलाम जिल्लाको पृथक पहिचान बनाएको सात ‘अ’ ओलन (दुध), आलु, अदुवा, अम्लिसो, अकबरे खोर्सानी, अलैची र अर्थोडक्स (चिया) । यस जिल्लामा राई, लिम्बु, क्षेत्री, बाहुन, गुरुङ, मगर, नेवार, शेर्पा, लेप्चा र मधेसी अनुहारका मानिसहरु बसोबास रहेता पनी कन्याम क्षेत्रमा तामाङ समुदायको बाहुल्यता रहेको छ। इलाम जिल्लाको कन्याम क्षेत्रका लेप्चा जातिको भाषामा लेप्चा भनेको ठोट्ने हो। यहि ठोट्ने प्रजातिको धासको नामबाट कन्याम नामकरण रहन गएको हो। 

    इलाम जिल्लाको बजारमाथि पूर्वी नेपालकै पहिलो चिया बगान छ। इलामका तत्कालिन बडा हाकिम गजराज सिंहले विस २०९० (सन् १९२०) सालमा इलाम जिल्लामा चिया रोप्न शुरु गरेका इतिहास रहेको पाईन्छ । यहा ५५ हजार हेक्टरभन्दा बढी जमिनमा चिया खेती गरिएको छ।  

    स्थानीय जानकार रमेश तिम्सीनाका अनुसार इलाम जिल्लाको बजार क्षेत्रको कृषि पर्यटकीय क्षेत्र इलाम जिल्ला धुम्नका लागि धेरै आधारहरु छन्। चिया बगान, अन्तु भ्यु टावर, भालु ढुंगा गुफा, चुरेघाटी गुम्बा, नारायणस्थान, माईस्थान, भीमसेनस्थान, चिया प्रशोधन कारखाना, क्याम्पस, सिंहवाहिनी, सेतीदेवि मन्दिर, स्काई वाल्क, मिनी बञ्जिजम्म, प्याराग्लाइडिङ, जिबलाइन, गजुरमुखी मन्दिर, पूर्वी नेपालको सिमानाहरु समेत हर्ने सकिन्छ।

    इलाम जिल्ला पूर्वी नेपालको उच्च पहाडी भेगमा पर्ने भएको हुदा चियाबारीमा भूईकुहिरो छिनछिनमै लुकामारी खेली रहेका हुन्छन्। भुईकुहिरो भित्र बगानमा चिया टिप्ने श्रमिकहरु देखिन्छन् । यो दृश्य मनमोहक देखिन्छ। चैत्रदेखि मंसिरसम्म चियाको मुना टिपिन्छ। र, स्थानीय कारखानामा प्रशोधन गरिन्छ। बाकी अन्य मुलुक निऱ्यात गर्ने गरिन्छ। 

    पूर्वी नेपालको हरित जिल्लाको सुन्दर मनोरम दृश्य अवलोकन गर्न कन्याम, अन्तुडाडा, अन्तुपोखरी, सन्दकपुर, माईपोखरी, छिनटापु, मिकलाजोङ, टोट्के झरना, माङमालुङ, सिध्दि थुम्का, गजुरमुखी, माइखोला, पाथीभारा, मगंलबारे लगायतका धार्मिक तथा एतिहासिक स्थलहरु पर्यटकले धुम्मलायक छन्। 

    स्थानीय तिम्सिना भन्छन् लेप्चा जातिको भूमि हो इलाम। इलाम बजारबाट करिब ३९ किलोमिटरको दूरीमा इलामको फिक्लमा उनीहरुको जनधनत्व रहेको छ। त्यहा लेप्चा संङ्ग्रालय र गुम्बा स्थापित गरिएको छ। लेप्चा बस्तिबाट करिब ५ किलोमिटरको दुरीमा कन्याम चिया बगान छ। लेप्चा बस्ति फिक्कलबाट करिब १४ किलोमिटरको दूरीमा अन्तु भ्यु टावर पुगिन्छ। अन्तु डाडाबाट सूर्योदय र सूर्यास्त चित्ताकर्षक मनोरम दृश्य देख्न सकिन्छ । अन्तु पोखरीमा ढुंगा र धोडा चढ्ने सुविधा र वरीपरी कटेज र सामुदायिक होमस्टेको सत्कार प्राप्त गर्न सकिन्छ। 

    इलाम बजारबाट करिब ४२ किलोमिटरको दूरीमा सन्दकपुर पुग्न सकिन्छ। नेपाल र भारतको सिमानामा पर्ने भारतको ड्रार्जीलिङ, सीमाको सन्दकपुरबाट मकालु, कुम्भकर्ण, कञ्चजंघादेखि सगरमाथाको चट्टानमा सेताम्य हिमालको लामो फेरो देख्न सकिन्छ। यस क्षेत्रमा सन्दकपुर हिल स्टेशनका रुपमा विकसित हुदै गरेको छ। 

    पूर्वी नेपालको इलामका प्रमुख कृषि पर्यटकीय क्षेत्रमा होमस्टे, होटल तथा लज सुविधा छ। इलामका हरेको होमस्टे, कटेजहरुले इलाम धुम्न आउने पर्यटकहरुलाई सार्वजनिक शौच सुविधा उपलब्ध गरेका छन्। यस क्षेत्रमा चैतदेखि मंसिरसम्म इलाम धुम्ने उत्तम समय हो भने इलीम धुम्न आउने पर्यटकका लागि ग्रिन टी र ब्लाक टी सित्तैमा सत्कार स्वरुप स्वागत गर्ने प्रचलन रहेको छ। 

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal