News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    बाराकओबामा भन्छन्- ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ

    एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय)बाट निकालिने चेतावनी दिएका छन। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले...बाँकी

    कोरोना खोप लगाएका व्यक्तिमा देखिए यस्ता ‘साइड इफेक्ट’

    एजेन्सी – अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध विकास गरेको खोप लगाएका मानिसमा ‘साइड इफेक्ट’ देखिएका छन्। डेलिमेलको रिपोर्टअनुसार खोपको पहिलो डोज दिइएका धेरै स्वयंसेवकलाई विभिन्न असर देखिएका हुन्। खोप लगाएपछि उनीहरूमा टाउको दुख्ने, मांसपेशी दुख्ने र...बाँकी

    ट्रम्पले गरे कार्यकालको अन्तिम समयमा इरानमा आक्रमणको योजना

    एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्राथमिक आणविक साइटमा आक्रमण गर्ने योजना बनाएको कुरा न्युर्योक टाइम्सले उल्लेख गरेको छ। ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले आफ्ना सल्लाहकारहरु सँग इरानमा आक्रमण गर्ने या नगर्ने भनेर सुझाव...बाँकी

    इटलीको स्टोनियाविरुद्ध ४-० को फराकिलो जित

    एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रस्पूर्ण खेलमा इटलीले स्टोनियामाथि सानदार जित निकालेकाे छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इटलीले स्टोनियाविरुद्ध ४-० को फराकिलो जित निकालेको हो। इटलीको जितका लागि भिन्सेनजो ग्रिफोले दुई गोल गरे। त्यस्तै फेडेरिको बेर्नार्डेची...बाँकी

    भारतीय टेलिभिजन प्रस्तोता गोस्वामीलाई रिहा गर्न अदालतको आदेश

    मुम्बई – भारतीय टेलिभिजन प्रस्तोता अर्णव गोस्वामीलाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका गोस्वामीलाई सर्वोच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको भारतिय मिडियामा जनाइएको छ। मुम्बईको उच्च...बाँकी

    म्यान्मार चुनाव: देशभित्र सू चीको लोकप्रियता ‘बढ्यो’

    राष्ट्रपति प्रणाली भएको म्यान्मारमा अब एनएलडीले राष्ट्रपतिको चयन र नयाँ सरकार गठन गर्नेछ। एनएलडीलाई राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३२२ सदस्य आवश्यक पर्नेमा एनएलडीले ३६१ स्थानमा विजय प्राप्त गरिसकेको छ। मतगणना...बाँकी

    मेस्सी चम्कँदा बार्सिलोनाको सानदार जित

    एजेन्सी – दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा भएको खेलमा...बाँकी

    अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

    अमेरिकी – २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन्। पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका हुन्। ६ इलेक्टोरल कलेज भएको नेभाडामा पनि बाइडेन निर्वाचित भएका छन्। जर्जियामा पनि...बाँकी

    टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४० नाघ्यो

    एजेन्सी – टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ। भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन्। यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको...बाँकी

    यसरी सर्लक्क उचालेर सारियाे चीनमा ५ तले पक्की भवन !

    एजेन्सी – चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर दुनियाँलाई आश्चर्यमा पारिदिएका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको सांघाई सहरस्थित ५ तले भवनलाई इन्जिनियरकाे एक टाेलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेका हुन्।...बाँकी