News Portal

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

२३९ पटक

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं आप्रवासी श्रमिकहरूको सुरक्षा अवस्था जटिल बन्दै गएको छ। यस अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विभिन्न अन्तर्राष्ट्रिय श्रम अधिकारसम्बन्धी संस्थाहरूले श्रमिकको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

खाडी मुलुकहरूसहित जोर्डन, लेबनान, इजरायल, प्यालेस्टाइन र इरानमा कार्यरत आप्रवासी कामदारहरू हालको द्वन्द्वबाट प्रत्यक्ष प्रभावित बनेको जनाइएको छ। श्रम तथा आप्रवासी अधिकारका क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय सञ्जालहरूले संयुक्त वक्तव्य जारी गर्दै युद्धका कारण श्रमिकहरूको जीवन र रोजगारी दुवै जोखिममा परेको बताएका हुन्।

उक्त संस्थाहरूका अनुसार द्वन्द्व प्रभावित क्षेत्रमा करिब ३ करोडभन्दा बढी आप्रवासी श्रमिकहरू कार्यरत छन्। अस्थिर सुरक्षा अवस्था, कार्यस्थलमा जोखिम र आपत्कालीन समयमा उद्धार तथा राहत सेवामा पहुँचको अभावले उनीहरू झनै समस्यामा परेको उल्लेख गरिएको छ। कतिपय श्रमिकले रोजगारी गुमाउनुपरेको तथा आधारभूत सेवा पाउन कठिनाइ भइरहेको पनि जनाइएको छ।

संयुक्त वक्तव्यमा सम्बन्धित देशका सरकार, रोजगारदाता तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई श्रमिकको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ। श्रमिकहरूको मानवअधिकार, श्रमअधिकार र जीवन रक्षाका लागि स्पष्ट नीति तथा मानवीय सहयोग आवश्यक रहेको संस्थाहरूले जोड दिएका छन्।

आप्रवासी श्रमिकहरू विश्व अर्थतन्त्रका महत्वपूर्ण श्रमशक्ति भएकाले युद्ध तथा संकटका बेला उनीहरूको सुरक्षा, सूचना प्रवाह, उद्धार र राहत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने मागसमेत गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...