News Portal

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

४३० पटक

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने उद्देश्यले २९ जनवरी २०२६ मा कुवेतस्थित कोस्टा डेल सोल होटलको सभाहलमा श्रमसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सप्पन्न भयाे।

कार्यक्रममा प्रमुख अतिथि कुवेतका लागि  राजदूत घनश्याम सम्सालले सही सूचना प्रवाहमार्फत कुवेतमा रहेका नेपाली नागरिकलाई जानकार र सचेत बनाउनु अत्यावश्यक रहेको बताउनुभयो। उहाँले यहाँ क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सामूहिक हितका लागि सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो। दूतावास यस कार्यमा नेतृत्वदायी तथा समन्वयकारी भूमिका खेल्न सधैं तत्पर रहेको पनि उहाँको भनाइ थियो।

राजदूत सम्सालले नेपाली श्रमिकहरूको हित र सुरक्षालाई प्राथमिकतामा राख्दै दूतावासले सरल, शीघ्र र प्रभावकारी सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो। सो अवसरमा उहाँले श्रमिक प्रतिनिधिहरू तथा सहभागीहरूसँग बृहत्तर छलफल गर्दै उठेका गुनासा र सुझावहरू यथाशक्य सम्बोधन तथा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूबीच दूतावासको सेवा प्रवाह, त्यसमा देखिएका चुनौती र समाधानका उपायहरू, साथै कुवेतमा उपलब्ध रोजगारीका अवसरहरूबारे विस्तृत छलफल गरिएको थियो। वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित, भरपर्दो र गुणस्तरीय बनाउन दूतावासले चालेका कदम तथा आगामी रणनीतिबारे पनि विचार–विमर्श गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा उपनियोग प्रमुख तथा काउन्सेलर श्री सुजनी रानाले राहदानी सेवा, प्रमाणीकरण सेवा, यात्रा अनुमति पत्र, श्रमिकहरूले गर्न हुने तथा नहुने कार्य, विप्रेषण साक्षरता र सामाजिक सञ्जालको संयमित प्रयोगलगायत विषयमा प्रस्तुतीकरण दिनुभयो। त्यस्तै श्रम सहचारी श्री जनार्दन गौतमले सामाजिक सुरक्षा कोषमा आबद्धता, टेलिमेडिसिन सेवा र वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सुविधालगायत विषयमा जानकारी गराए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेत, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, स्थानीय पत्रकार तथा राजनीतिक दलसम्बद्ध संगठनका प्रतिनिधिसहित १०० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...