News Portal

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

२२६ पटक

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International Airport र Abu Dhabi International Airport पुनः आंशिक रूपमा सञ्चालनमा आएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम BBC का अनुसार मंगलबार यी विमानस्थलबाट लन्डन, मस्को र पेरिसलगायतका गन्तव्यतर्फ केही उडान सम्पन्न भएका छन्। क्षेत्रीय द्वन्द्वका कारण विश्वभरका वायुसेवा कम्पनीहरूको उडान तालिका प्रभावित बन्दै आएको छ।

यसको असर नेपालमा समेत देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए। जसका कारण हजारौं यात्रु प्रत्यक्ष प्रभावित बनेका छन्।

दुबई विमानस्थलले सीमित उडान सुरु गरिएको जानकारी दिँदै यात्रुलाई सम्बन्धित एयरलाइन्ससँग उडान समय यकिन गरेपछि मात्र विमानस्थल पुग्न अनुरोध गरेको छ। उडान तालिका परिवर्तन हुन सक्ने भएकाले सतर्क रहन पनि आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...