News Portal

  • इन्टरनेट सेवाको मूल्य नबढ्ने

    २५६ पटक

    रविन्द्र घिमिरे/काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।

    इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

    सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो ।
    ‘अब असारमसान्तसम्म भएको बिलिङमा एक रुपैयाँ पनि थप नगर्ने गरी सहमति भएको छ’ मन्त्रालयका सहसचिव तथा इन्टरनेटको मूल्य समायोजनका लागि बनेको समितिका संयोजक विरेन्द्र मिश्रले भने, ‘बढेको मूल्य हट्यो । सेवाको मूल्य अब पहिलेकै अवस्थामा फर्किनेछ ।’

    सरकारले इन्टरनेट सेवा प्रदायकले विदशेबाट ल्याउने इन्टरनेट ब्याण्डविथ सस्तो हुँदा पनि सरकारले कर बढाएको तर्क गरेर उपभोक्तामाथि कर थोपर्नु वैज्ञानिक नहुने बताएको थियो । अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क मन्त्री बास्कोटाले अघि सारेका थिए ।

    तर, सेवा प्रदायकले यसरी दस्तुर थपिँदा पनि मूल्य नबढाए घाटा हुने तर्क गर्दै आएका थिए । कार्यदलको बिहीबारको बैठकमा भने इन्टरनेटको मूल्य पुरानै कायम गर्न सेवा प्रदायक सहमत भएका छन् ।

    यस्तो छ सहमति


    मन्त्रालयको प्रेश विज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौ – राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको...

    कोरोना जन्तरमै मख्ख मुख्यमन्त्री शाही !

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ११ दिनसम्मको भ्रमण सिध्याएर फर्किएका छन्। भ्रमणका...

    खोटाङको खोटेहाङ गाउपालिकामा केन्द्रिय विद्युत लाइन विस्तार

    खोटाङ – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका-२, वाप्लुखामा केन्द्रिय विद्युत विस्तार गरिएको छ। जिल्लाका स्थानीय तहमा...

    हेर्नुहोस आज असोज ५ गते सोमवारको राशिफल

    वि.सं.२०७७ साल असोज ५ गते सोमवार || सन् २०२० सेप्टेम्बर २१ तारीख || नेपाल संवत...

    “नेपाली हौ गर्व गर्छौ…!” राष्ट्रीय भावनाले ओतप्रोत गीत सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ – “नेपाली हौं गर्व गर्छौं, इमान्दारका सन्तान भै” बोलको राष्ट्रिय गीत केही समय अगाडी...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।