News Portal

मुन्धुमी सभ्यतासंग जोडिएको खुवालुङ क्षेत्र संरक्षणमा चासो

हिमालीसंचार संवाददाता
५६९ पटक

सुनसरी – आदिवासि जनजाति किराँती जातिहरुले आफ्नो जातिको धार्मिक तथा आध्यात्मिक रुपले महत्वपुर्ण स्थल खुवालुङ क्षेत्रको संरक्षणमा चासो देखाएका छन् । अतिक्रमणमा पर्दै गइरहेको किराँती सभ्यतासंग जोडिएको खुवालुङको संरक्षण गर्नका निम्ति एक विशेष समिति समेत गठन भएको छ ।

किरातजन्य जातीय संस्थाहरूको उपस्थितिमा शुक्रवार यलेदोङ ५०८१ अवसरमा त्रिवेणीमा आयोजित भेलामा संरक्षण समिति गठन भएको हो । संरक्षण समितिको संयोजकमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष तथा अधिवक्ता बलराम राई चयन भएका छन् । सचिवमा दिला राई, सदस्यहरू नरेन्द्र राई, मिजोत्लुङ लिम्बू, मानभगत चाम्लिङ, गङ्गा राई, त्यस्तै लीलामणि याक्खा, दिनेश राई , वसन्त राई, राजु सुनुवार, रघुनाथ राई, नुलाम राई, सूर्य माबुहाङ, मोतीचन्द्र राई र मेघराज राई रहेको १५ सदस्यीय समिति गठन भएको छ ।

सल्लाहकारहरूमा डम्बर कुमार तुम्बाहाम्फे, ईन्द्रहाङ खम्बु, दोर्पध्वज राई, सालिक सतासक राई र अस्मिका राई रहेका छन् ।यलेदोङ ५०८१ अवसरमा त्रिवेणीमा आयोजित भेलामा किरात सभ्यतामा खुवालुङको मुन्धुमी महत्त्व र संरक्षण गर्नुपर्ने कारणका विषयमा अधिवक्ता दोर्पध्वज राई, प्रज्ञा परिषद् सदस्य सालिक सतासक र मुन्दुम अध्ययन कर्ता इन्द्रहाङ खम्बुले प्रकाश पारेका थिए ।

के हो खुवालुङ ?

किरात समुदायका राई लिम्बु,याक्खा,सुनुवारको मौलिक मुन्धुमहरूमा खुवालुङको प्रसङ्ग आउँछ । किरातीहरुको बिजुवा ,फेदाङवा ,नक्सो आदिले आफ्नो इष्ट शक्तिहरूको पुकार गर्दा वा मुन्धुम गाउँदै जाँदा समथर मैदानबाट सुरु गरी मैदानी शक्तिहरूको पुकारपछि रुइवा (सप्तकोसी) नदी हुँदै खृुवालुङ पुग्दछन् । खुवालुङ पुगेपछि आ-आफ्नो हिँड्ने खेल्ने बाटो पच्छ्याउँदै पहाडतर्फ अगाडि बढी हिमालसम्म पुग्दछन् । किराँती धामी झाँक्रीले गाउने मुन्धुममा यो खुवालुङ अनिवार्य रूपमा आउँछ ।

बराहक्षेत्र-२ का विमल राईका अनुसार किराँती भाषामा “ख्वा वा खुवा” को अर्थ बारम्बार गाइने वा धाइने ठाउँ भन्ने हुन्छ । कालान्तरमा पछि यही ख्वा शब्द अपभ्रंस भई खेवा/खुवा भएको हुन सक्दछ । खुवा शब्दसँग आउने “लुङ” को अर्थ नेपालीमा ढुंगा भन्ने हुन्छ । यसकारण बारम्बार गाइरहने बिशेष ढुंगा भएको ठाँउनै खुवा लुङ प्रदेश नं १ को धनकुटा,भोजपुर र उदयपुर जिल्लाको सिमाना जहाँ अरुण, तमोर र दुधकोशी नदीको संगमस्थलमा रहेको छ ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरुको त्रिवेणी नै खुवालुङ हो । वास्तविक लुङ चाँहि तमोर र अरुण दुधकोशी ठिक भेट हुने स्थानको पानीमुनि अवस्थित छ । जुन ढुंगा चैत वैशाख महिनामा नदीको पानी घटेको अवस्थामा अलिअलि देखिन्छ ।

उक्त लुङ ताबे रङ्गको र आकृति सर्पले फंडा फुलाए र ठडिए जस्तो गरी दक्षिणतर्फ ठडिएर पानीभित्र बसेको छ । जुन लुङ जहिले पनि पानीमुनी नै रहन्छ । रासस 

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...