News Portal

मुन्धुमी सभ्यतासंग जोडिएको खुवालुङ क्षेत्र संरक्षणमा चासो

हिमालीसंचार संवाददाता
६४० पटक

सुनसरी – आदिवासि जनजाति किराँती जातिहरुले आफ्नो जातिको धार्मिक तथा आध्यात्मिक रुपले महत्वपुर्ण स्थल खुवालुङ क्षेत्रको संरक्षणमा चासो देखाएका छन् । अतिक्रमणमा पर्दै गइरहेको किराँती सभ्यतासंग जोडिएको खुवालुङको संरक्षण गर्नका निम्ति एक विशेष समिति समेत गठन भएको छ ।

किरातजन्य जातीय संस्थाहरूको उपस्थितिमा शुक्रवार यलेदोङ ५०८१ अवसरमा त्रिवेणीमा आयोजित भेलामा संरक्षण समिति गठन भएको हो । संरक्षण समितिको संयोजकमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष तथा अधिवक्ता बलराम राई चयन भएका छन् । सचिवमा दिला राई, सदस्यहरू नरेन्द्र राई, मिजोत्लुङ लिम्बू, मानभगत चाम्लिङ, गङ्गा राई, त्यस्तै लीलामणि याक्खा, दिनेश राई , वसन्त राई, राजु सुनुवार, रघुनाथ राई, नुलाम राई, सूर्य माबुहाङ, मोतीचन्द्र राई र मेघराज राई रहेको १५ सदस्यीय समिति गठन भएको छ ।

सल्लाहकारहरूमा डम्बर कुमार तुम्बाहाम्फे, ईन्द्रहाङ खम्बु, दोर्पध्वज राई, सालिक सतासक राई र अस्मिका राई रहेका छन् ।यलेदोङ ५०८१ अवसरमा त्रिवेणीमा आयोजित भेलामा किरात सभ्यतामा खुवालुङको मुन्धुमी महत्त्व र संरक्षण गर्नुपर्ने कारणका विषयमा अधिवक्ता दोर्पध्वज राई, प्रज्ञा परिषद् सदस्य सालिक सतासक र मुन्दुम अध्ययन कर्ता इन्द्रहाङ खम्बुले प्रकाश पारेका थिए ।

के हो खुवालुङ ?

किरात समुदायका राई लिम्बु,याक्खा,सुनुवारको मौलिक मुन्धुमहरूमा खुवालुङको प्रसङ्ग आउँछ । किरातीहरुको बिजुवा ,फेदाङवा ,नक्सो आदिले आफ्नो इष्ट शक्तिहरूको पुकार गर्दा वा मुन्धुम गाउँदै जाँदा समथर मैदानबाट सुरु गरी मैदानी शक्तिहरूको पुकारपछि रुइवा (सप्तकोसी) नदी हुँदै खृुवालुङ पुग्दछन् । खुवालुङ पुगेपछि आ-आफ्नो हिँड्ने खेल्ने बाटो पच्छ्याउँदै पहाडतर्फ अगाडि बढी हिमालसम्म पुग्दछन् । किराँती धामी झाँक्रीले गाउने मुन्धुममा यो खुवालुङ अनिवार्य रूपमा आउँछ ।

बराहक्षेत्र-२ का विमल राईका अनुसार किराँती भाषामा “ख्वा वा खुवा” को अर्थ बारम्बार गाइने वा धाइने ठाउँ भन्ने हुन्छ । कालान्तरमा पछि यही ख्वा शब्द अपभ्रंस भई खेवा/खुवा भएको हुन सक्दछ । खुवा शब्दसँग आउने “लुङ” को अर्थ नेपालीमा ढुंगा भन्ने हुन्छ । यसकारण बारम्बार गाइरहने बिशेष ढुंगा भएको ठाँउनै खुवा लुङ प्रदेश नं १ को धनकुटा,भोजपुर र उदयपुर जिल्लाको सिमाना जहाँ अरुण, तमोर र दुधकोशी नदीको संगमस्थलमा रहेको छ ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरुको त्रिवेणी नै खुवालुङ हो । वास्तविक लुङ चाँहि तमोर र अरुण दुधकोशी ठिक भेट हुने स्थानको पानीमुनि अवस्थित छ । जुन ढुंगा चैत वैशाख महिनामा नदीको पानी घटेको अवस्थामा अलिअलि देखिन्छ ।

उक्त लुङ ताबे रङ्गको र आकृति सर्पले फंडा फुलाए र ठडिए जस्तो गरी दक्षिणतर्फ ठडिएर पानीभित्र बसेको छ । जुन लुङ जहिले पनि पानीमुनी नै रहन्छ । रासस 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...