News Portal

  • माेरङस्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानमा खाद्य मेला सञ्चालन

    हिमाली संचार संवाददाता
    ५०० पटक

    माेरङ : आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरि मेलाको मिति र स्थान सार्वजनिक गरेको हो।

    आयोजक सस्थाका अनुसार ३ दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि शुरु भई माघ १२ गते सम्म सञ्चालन हुनेछ।

    उक्त खाध मेलामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मेलाकाे मुख्य आयोजक रहेको छ भने सुन्दरहरैँचा नगरपालिका, कोशीहरैँचा उद्योग वाणिज्य सङ्घ, इन्द्रपुर जेसिज तथा कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समिति, सुन्दरहरैँचा सह-आयोजक रहेका छन।

    परम्परागत पोषिलाे तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्‍ने मुल नाराका साथमा उक्त मेला शुरु हुन लागेको हो।

    खाध मेलामा ६० वटा स्थल रहने जसमा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल, होमस्टे, जाति विशेषका स्थानीय परिकार, घरेलु स्तरका खाद्य उद्योगहरु, खाद्य उद्याेगका लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरुको स्टल रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए।

    आयोजकले खाध मेलामा स्टलहरुको सहभागिताका लागि नि:शुल्क स्टलको व्यवस्था साथै प्रवेश शुल्कमा समेत निशुल्क गरेको छ।

    प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद दाहालले यस प्रकारकाे खाद्य मेलाबाट अल्प प्रचलनमा रहेका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्व बारेको जनचेतना अभिबृद्धि हुने, खाद्य उद्यमीहरुलाई बजारको सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने, विभिन्‍न सरोकारवाला निकायहरु बीचको समन्वय र सहकार्य मार्फत खाद्य स्वच्छता, पोषण सुधार तथा खाने बानीमा सुधार गर्नमा सहयोग मिल्ने अपेक्षा गरिएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...

    माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

    काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा...

    ताप्लेजुङमा पहिरोले कटुवाल परिवारको घर पुरिँदा चार जना घाइते

    ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका...

    गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा ग्राभेलसम्म नहुँदा स्थानीय जनता सास्तीमा

    हरि बानियाँ/ धादिङ, असार १८— बर्खा लागेपछि कच्ची सडकहरू, विशेषगरी पहाडी र ग्रामीण क्षेत्रमा, जहाँ...