News Portal

कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

२८१ पटक

काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म सरकारलाई निरन्तरता दिने दाबी गरेका छन्। मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा गृहमन्त्री लेखकले आफूले मन्त्रालय सम्हालेपछि भएका गतिविधिबारे जानकारी गराएका थिए।

बैठकमा उनले एमालेसँग मिलेर काम गर्न कुनै ठूलो बाधा नरहेको प्रष्ट पारे। “सरकार सञ्चालनमा गम्भीर समस्या छैन,” उनले भने, “२०८४ सालको निर्वाचनसम्म सरकारलाई निरन्तरता दिनेछौं।”

गृहमन्त्री लेखकले पछिल्लो समय राजावादी आन्दोलनलाई निष्क्रिय बनाएको बताए। “भोलि नै राजा फर्कन्छन् भन्ने हल्ला गरेर संविधान र लोकतन्त्र कमजोर पार्न खोज्ने केही गतिविधि थिए, तर ती रोकिएका छन्,” उनले बताए। साथै उनले धार्मिक उन्माद फैलाउने केही समूहप्रति पनि सरकार सतर्क रहेको बताए।

भिजिट भिसा प्रकरणमा आफूमाथि लगाइएका आरोप असत्य भएको दाबी गर्दै लेखकले केही कर्मचारी र निजी व्यक्तिहरूको अनुसन्धान भइरहेको उल्लेख गरे। उनले भिजिट भिसामा नीतिगत र कानुनी सुधार आवश्यक रहेको र शंकरदास बैरागी नेतृत्वको समितिले त्यसबारे अध्ययन गरिरहेको बताए।

माइतीघर मण्डलामा सुरुमा १७ वटा समूह आन्दोलनरत रहेको र ती सबैसँग संवाद गरेर समाधान निकालिएको उनले स्मरण गरे। त्यस्तै उनले आमाको नामबाट नागरिकता दिने कानुन पारित हुनु सरकारको ठूलो उपलब्धि भएको बताए। “अब आमाका नामबाटै सन्तानलाई नागरिकता दिन सहज भएको छ,” लेखकले भने।

गृहमन्त्री लेखकले सुन तस्करीको चेन समेत तोडिएको दाबी गर्दै, अपराध नियन्त्रणमा मन्त्रालय सक्रिय रहेको जिकिर गरे।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...