News Portal

  • कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    १३७ पटक

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म सरकारलाई निरन्तरता दिने दाबी गरेका छन्। मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा गृहमन्त्री लेखकले आफूले मन्त्रालय सम्हालेपछि भएका गतिविधिबारे जानकारी गराएका थिए।

    बैठकमा उनले एमालेसँग मिलेर काम गर्न कुनै ठूलो बाधा नरहेको प्रष्ट पारे। “सरकार सञ्चालनमा गम्भीर समस्या छैन,” उनले भने, “२०८४ सालको निर्वाचनसम्म सरकारलाई निरन्तरता दिनेछौं।”

    गृहमन्त्री लेखकले पछिल्लो समय राजावादी आन्दोलनलाई निष्क्रिय बनाएको बताए। “भोलि नै राजा फर्कन्छन् भन्ने हल्ला गरेर संविधान र लोकतन्त्र कमजोर पार्न खोज्ने केही गतिविधि थिए, तर ती रोकिएका छन्,” उनले बताए। साथै उनले धार्मिक उन्माद फैलाउने केही समूहप्रति पनि सरकार सतर्क रहेको बताए।

    भिजिट भिसा प्रकरणमा आफूमाथि लगाइएका आरोप असत्य भएको दाबी गर्दै लेखकले केही कर्मचारी र निजी व्यक्तिहरूको अनुसन्धान भइरहेको उल्लेख गरे। उनले भिजिट भिसामा नीतिगत र कानुनी सुधार आवश्यक रहेको र शंकरदास बैरागी नेतृत्वको समितिले त्यसबारे अध्ययन गरिरहेको बताए।

    माइतीघर मण्डलामा सुरुमा १७ वटा समूह आन्दोलनरत रहेको र ती सबैसँग संवाद गरेर समाधान निकालिएको उनले स्मरण गरे। त्यस्तै उनले आमाको नामबाट नागरिकता दिने कानुन पारित हुनु सरकारको ठूलो उपलब्धि भएको बताए। “अब आमाका नामबाटै सन्तानलाई नागरिकता दिन सहज भएको छ,” लेखकले भने।

    गृहमन्त्री लेखकले सुन तस्करीको चेन समेत तोडिएको दाबी गर्दै, अपराध नियन्त्रणमा मन्त्रालय सक्रिय रहेको जिकिर गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...