News Portal

कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

२०१ पटक

काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल गरिएको भन्दै प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्।

मंगलबार सभामुख देवराज घिमिरेसँग छलफल गर्दै समिति सदस्य तथा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाहीले समितिबाट पारित व्यवस्था संसदमा पुग्दा परिवर्तन हुनु राज्यविरुद्धकै अपराध भएको बताए।

शाहीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजबहादुर दुराँईलाई नैतिक जिम्मेवारीस्वरूप तत्काल राजीनामा दिनुपर्ने र छानबिनलाई सहज बनाउनुपर्नेमा जोड दिए। ‘नैतिकता छ भने दुवैले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ। पदमै बसेर छानबिन हुँदैन,’ उनले भने।

राज्य व्यवस्था समितिबाट अवकास वा राजीनामा दिएका निजामति कर्मचारीले दुई वर्षसम्म पुन: सरकारी नियुक्ति नपाउने व्यवस्था अर्थात् ‘कुलिङ पिरियड’ राखिएको थियो। असार १५ गतेको प्रतिनिधिसभा बैठकले उक्त प्रावधानसहित विधेयक पारित गरे पनि त्यसलाई कमजोर पार्ने अर्को दफा थपिएको भेटिएपछि विवाद चर्किएको हो।

सांसद शाहीले दोषीमाथि कडा कारबाही हुनुपर्ने चेतावनी दिँदै यस्तो कार्यले कानुन निर्माण प्रक्रियामाथि नै प्रश्न उठाएको बताए।

प्रतिकृया दिनुहोस्

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...

कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा, रवि लामिछानेसँगको सहकार्यले उल्टो प्रभाव?

काठमाडौं – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक भविष्य पछिल्लो घटनाक्रमसँगै संकटमा परेको विश्लेषण हुन थालेको...