News Portal

तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

२८८ पटक

बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान खोज्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदह नाकाबाट असार १५ गते दिउँसो साढे ३ बजे तिर तीन बालिकालाई शंकास्पद अवस्थामा भारततर्फ लैजाँदै गरेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार पक्राउ परेकामा गैंडहवा गाउँपालिका–६ की १९ वर्षीया निर्मला लोध, भारत उत्तर प्रदेश गोरखपुर कैम्पियरगञ्ज कुवर बलुवा बस्ने ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे र २६ वर्षीय प्रमोदकुमार धोबी रहेका छन्।

पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसारको आरोपमा सोमबार जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका तीन बालिका १५ देखि १६ वर्ष उमेर समूहका हुन्। उनीहरूलाई अहिले मानव बेचबिखनविरुद्ध काम गर्दै आएको शुभ अवसर ग्राम नेपालको जिम्मामा राखिएको छ भने अभिभावकको खोजी गरी चाँडै जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले बताएको छ।

प्रहरी अनुसन्धानका क्रममा बालिकाहरूले आफूमाथि राम्रा लुगा किनिदिने, नयाँ मोबाइल दिलाइदिने, बजार घुमाइदिने जस्ता प्रलोभन देखाएर भारत लैजान खोजिएको बताएका छन्। उनीहरूले पहिल्यैदेखि निर्मला लोध र गीता गौडसँग सम्पर्कमा रहेको र उनीहरूको छलकपटमा परी परिवारलाई जानकारी नदिई भारत जान तयार भएको बयान दिएका छन्।

कालिदह नाकामा एक जना पुरुष र तीन जना महिलाको साथमा बालिका देखेपछि प्रहरीले शंका गरी सोधपुछ गर्दा बालिकाहरूको वास्तविकता खुलेको हो। प्रहरीका अनुसार मानव बेचबिखनजस्ता अपराध नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानी अझ कडा बनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...