News Portal

माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

२१४ पटक

काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा भएको भनिएको षड्यन्त्रबारे विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि अन्य सम्बन्धित सबै व्यक्तिमाथि छानबिन आवश्यक रहेको बताए।

सांसद पाण्डेले विधेयक तयार पार्ने प्रक्रियादेखि नै अनेक बाधा र अवरोध सिर्जना गरिएको उल्लेख गर्दै यसले संसद्को गरिमा नै क्षतिग्रस्त हुने गरी ठूलो षड्यन्त्र रचिएको दाबी गरे।

‘साधारण कुरा होइन, संसद्लाई नै बदनाम गर्ने गम्भीर चालबाजी भएको छ। अब यसलाई यत्तिकै छाड्न हुँदैन। उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी सभापति र सचिवदेखि जो जो संलग्न छन्, सबैको जिम्मेवारी तोक्नुपर्छ,’ पाण्डेले भने।

उनले षड्यन्त्रमा संलग्न भेटिने सबैलाई कडा कारबाही हुनुपर्नेमा समेत जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...