News Portal

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

२२५ पटक

बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ। ढाका ट्रिब्युनका अनुसार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) अन्तर्गत न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार यस्तो फैसला सुनाएको हो।

गोविन्दगञ्ज, गाइबान्धाका शाकिल आकन्द बुलबुलले पनि यही मुद्दामा दोषी ठहरिँदै २ महिनाको जेल सजाय पाएका छन्।

११ महिनाअघि प्रधानमन्त्री पद त्याग गरी देश छाडेकी हसिनामाथि सन् २०२५ को जुनमा आईसीटीले औपचारिक रूपमा ‘मानवता विरुद्धका अपराध’ को आरोप लगाएको थियो। अभियोजन पक्षका अनुसार सन् २०२४ को जुलाईमा देशभरि भएको जनविद्रोहका क्रममा सामूहिक हत्या गराउने आदेश दिने मुख्य व्यक्ति शेख हसिना नै भएको दाबी गरिएको छ।

अभियोजन टोलीका प्रमुख मोहम्मद ताजुल इस्लामले अदालतमा बुझाएको आरोपपत्रमा हसिनालाई उक्त जनविद्रोह दमन गर्ने योजनाको नाइकेका रूपमा प्रस्तुत गरिएको थियो। अगस्ट ५, २०२४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर ढाका छाड्दै भारत प्रस्थान गरेकी थिइन्। सो समयमा ढाकामा कर्फ्युको अवज्ञा गर्दै हजारौं जनता सडकमा उत्रिएका थिए।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...