News Portal

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

२८१ पटक

बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ। ढाका ट्रिब्युनका अनुसार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) अन्तर्गत न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार यस्तो फैसला सुनाएको हो।

गोविन्दगञ्ज, गाइबान्धाका शाकिल आकन्द बुलबुलले पनि यही मुद्दामा दोषी ठहरिँदै २ महिनाको जेल सजाय पाएका छन्।

११ महिनाअघि प्रधानमन्त्री पद त्याग गरी देश छाडेकी हसिनामाथि सन् २०२५ को जुनमा आईसीटीले औपचारिक रूपमा ‘मानवता विरुद्धका अपराध’ को आरोप लगाएको थियो। अभियोजन पक्षका अनुसार सन् २०२४ को जुलाईमा देशभरि भएको जनविद्रोहका क्रममा सामूहिक हत्या गराउने आदेश दिने मुख्य व्यक्ति शेख हसिना नै भएको दाबी गरिएको छ।

अभियोजन टोलीका प्रमुख मोहम्मद ताजुल इस्लामले अदालतमा बुझाएको आरोपपत्रमा हसिनालाई उक्त जनविद्रोह दमन गर्ने योजनाको नाइकेका रूपमा प्रस्तुत गरिएको थियो। अगस्ट ५, २०२४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएर ढाका छाड्दै भारत प्रस्थान गरेकी थिइन्। सो समयमा ढाकामा कर्फ्युको अवज्ञा गर्दै हजारौं जनता सडकमा उत्रिएका थिए।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...