
ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घरमाथिको कुलो थुनिँदा अचानक आएको पहिरोले घर पुरिएपछि कटुवालसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना कटुवाल घाइते भएको सिदिङ्वाका मौसम सेलिङले जानकारी दिनुभयो।
घर पुरिँदा रातिको समयमा नै छिमेकीहरूले तत्काल उद्धार गरेर घाइतेलाई बाहिर निकालेका थिए। प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई थप उपचारका लागि पाँचथर पठाउने तयारी भइरहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
