News Portal

  • छोटो लुगा लगाएको भन्दै ट्राफिकले जफत गरेको लाइसेन्स लुन गएकी गायिका राईलाई बग्गीखाना प्रवेशमा रोक

    हिमाली संचार संवाददाता
    ११६५ पटक

    काठमाडौं – गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक प्रहरीले अर्को लुगा लगाएर आउन भन्दै फर्काइदिएका थिए ।

    राईले आफ्नो ड्रेसअपको भिडियो फेसबुकमा पोष्ट गरेकी छन्, जसमा आपत्ति जनाउनुपर्ने केही देखिँदैन । तर, गेटमा बसेकी एक महिला प्रहरीले आगन्तुकका लागि नयाँ ड्रेस कोड आएको भन्दै उनलाई रोकेकी थिइन् । समृद्धिले घटना विवरण यसरी सुनाइन् :

    केही दिन अघि माइतीघरमा लेन मिचेर कारबाहीमा परेकी थिएँ । आज बिहान ११ बजे क्लास लिन बग्गिखाना पुगेँ । भोलि काठमाडौं बाहिर जानुपर्ने भएकाले मलाई आजै लाइसेन्स चाहिएको थियो ।

    तर, गेटमा महिला प्रहरीले रोकेपछि म अचम्ममा परेँ । उनले यस अगाडि एक युवतीलाई छोटो लुगामा भित्र पस्न दिँदा आफूले गाली खाएको बताइन् । मैले आफ्नो लुगा छोटो र उच्छृखल नभएको तर्क गरेँ । तर, उनी सहमत भइनन् । कुर्ता सुरुवाल लगाएर आउन भनिन् ।

    त्यसपछि मैले हाकिमसँग कुरा गराउन भनेँ । उनले दुवाल थरका अर्का पुरुष प्रहरीलाई बोलाइन् । तर, उनले पनि यस्तो लुगा लगाएर भित्र जान नमिल्ने बताए । उनले त झन् मलाई हेपेर बोले । अन्ततः म त्यहाँबाट फर्किनुको विकल्प भएन । निकै ह्यूमिलेट फिल गरेर म फर्किएँ ।

    आफ्नो केही काम भ्याएर फेरि १ बजे म आएँ । यतिञ्जेलमा मैले आफूमाथि भएको अन्यायको विषयमा फेसबुकमा लेखिसकेको थिएँ । आफ्नो लुगाको पनि फोटो हालेकी थिएँ ।

    दोस्रोपटक आउँदा मैले पहिलेकै लुगामा तल रेनकोटको ट्राउजर लगाएकी थिएँ । महिला प्रहरीले मलाई चिनिन् । त्यहाँ धेरै पुरुषहरु हाफपाइन्टमा आएका थिए । उनीहरु सरासर भित्र पसिरहेका थिए । मैले उनीहरुको भिडियो खिच्न थालेँ । तर, दुवाल थरका प्रहरीले भिडियो खिचेकोमा माथि पुर्‍याए ।

    त्यसपछि मलाई एसपीकहाँ पुर्‍याइयो । उहाँ समझदार हुनुहुँदोरहेछ । उहाँलाई मैले आफ्नो फेसबुक पोष्ट देखाएँ । मेरो लुगा देखेर उहाँले भन्नुभयो कि यो त सामान्य छ । उहाँले गेटमा बस्ने महिला प्रहरी नयाँ भएकाले कुरा नबुझेको हुन सक्ने बताउनुभयो । अनि उहाँलाई बोलाएर सोध्नुभयो । महिला प्रहरीले पहिले एक युवतीलाई छोटो लुगामा छिराउँदा आफूले हाकिमबाट गाली खाएको बताइन् । त्यसपछि एसपी सरले यत्तिको लुगामा केही फरक पर्दैन भनेर सम्झाउनुभयो । कुनै नयाँ ड्रेस कोड नआएको उहाँले बताउनुभयो ।

    म पूर्वपत्रकार पनि हुँ । अहिले यूट्यूबमा ट्राभल भिडियोहरु बनाउँछु । ५ वटा गीत पनि रेकर्ड गराएकी छु । अहिलेसम्म आफ्नो यसरी लुगाको विषयमा कुनै लफडामा परेकी थिइनँ । कहाँ कस्तो लुगा लगाउने भन्ने विषयमा आफैं सचेत छु । उच्छृङ्खल लुगा लगाएर कहिल्यै हिँडेकी छैन । अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal