News Portal

छोटो लुगा लगाएको भन्दै ट्राफिकले जफत गरेको लाइसेन्स लुन गएकी गायिका राईलाई बग्गीखाना प्रवेशमा रोक

हिमाली संचार संवाददाता
१३५६ पटक

काठमाडौं – गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक प्रहरीले अर्को लुगा लगाएर आउन भन्दै फर्काइदिएका थिए ।

राईले आफ्नो ड्रेसअपको भिडियो फेसबुकमा पोष्ट गरेकी छन्, जसमा आपत्ति जनाउनुपर्ने केही देखिँदैन । तर, गेटमा बसेकी एक महिला प्रहरीले आगन्तुकका लागि नयाँ ड्रेस कोड आएको भन्दै उनलाई रोकेकी थिइन् । समृद्धिले घटना विवरण यसरी सुनाइन् :

केही दिन अघि माइतीघरमा लेन मिचेर कारबाहीमा परेकी थिएँ । आज बिहान ११ बजे क्लास लिन बग्गिखाना पुगेँ । भोलि काठमाडौं बाहिर जानुपर्ने भएकाले मलाई आजै लाइसेन्स चाहिएको थियो ।

तर, गेटमा महिला प्रहरीले रोकेपछि म अचम्ममा परेँ । उनले यस अगाडि एक युवतीलाई छोटो लुगामा भित्र पस्न दिँदा आफूले गाली खाएको बताइन् । मैले आफ्नो लुगा छोटो र उच्छृखल नभएको तर्क गरेँ । तर, उनी सहमत भइनन् । कुर्ता सुरुवाल लगाएर आउन भनिन् ।

त्यसपछि मैले हाकिमसँग कुरा गराउन भनेँ । उनले दुवाल थरका अर्का पुरुष प्रहरीलाई बोलाइन् । तर, उनले पनि यस्तो लुगा लगाएर भित्र जान नमिल्ने बताए । उनले त झन् मलाई हेपेर बोले । अन्ततः म त्यहाँबाट फर्किनुको विकल्प भएन । निकै ह्यूमिलेट फिल गरेर म फर्किएँ ।

आफ्नो केही काम भ्याएर फेरि १ बजे म आएँ । यतिञ्जेलमा मैले आफूमाथि भएको अन्यायको विषयमा फेसबुकमा लेखिसकेको थिएँ । आफ्नो लुगाको पनि फोटो हालेकी थिएँ ।

दोस्रोपटक आउँदा मैले पहिलेकै लुगामा तल रेनकोटको ट्राउजर लगाएकी थिएँ । महिला प्रहरीले मलाई चिनिन् । त्यहाँ धेरै पुरुषहरु हाफपाइन्टमा आएका थिए । उनीहरु सरासर भित्र पसिरहेका थिए । मैले उनीहरुको भिडियो खिच्न थालेँ । तर, दुवाल थरका प्रहरीले भिडियो खिचेकोमा माथि पुर्‍याए ।

त्यसपछि मलाई एसपीकहाँ पुर्‍याइयो । उहाँ समझदार हुनुहुँदोरहेछ । उहाँलाई मैले आफ्नो फेसबुक पोष्ट देखाएँ । मेरो लुगा देखेर उहाँले भन्नुभयो कि यो त सामान्य छ । उहाँले गेटमा बस्ने महिला प्रहरी नयाँ भएकाले कुरा नबुझेको हुन सक्ने बताउनुभयो । अनि उहाँलाई बोलाएर सोध्नुभयो । महिला प्रहरीले पहिले एक युवतीलाई छोटो लुगामा छिराउँदा आफूले हाकिमबाट गाली खाएको बताइन् । त्यसपछि एसपी सरले यत्तिको लुगामा केही फरक पर्दैन भनेर सम्झाउनुभयो । कुनै नयाँ ड्रेस कोड नआएको उहाँले बताउनुभयो ।

म पूर्वपत्रकार पनि हुँ । अहिले यूट्यूबमा ट्राभल भिडियोहरु बनाउँछु । ५ वटा गीत पनि रेकर्ड गराएकी छु । अहिलेसम्म आफ्नो यसरी लुगाको विषयमा कुनै लफडामा परेकी थिइनँ । कहाँ कस्तो लुगा लगाउने भन्ने विषयमा आफैं सचेत छु । उच्छृङ्खल लुगा लगाएर कहिल्यै हिँडेकी छैन । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...