News Portal

  • गाेवरबाट दाउरा कसरी बनाईन्छ ?

    हिमाली संचार संवाददाता
    ७५९ पटक

    रबिन्द्र बराल
    नेपाल सरकारले जतिसुकै सुर्य उर्जा, ग्यास चुलाे, गाेवर ग्यास घरघरमा ग्यास पाईप भन्दै भाषण गरेर हिडेता पनि गरिवर अतिविपन्न घरपरिवारका लागि भने उक्त सुविधाले छुन सकेकाे छैन । अहिले पनि गाईगाेरुकाे गाेवरकाे माध्यमबाट दैनिकी छाक टार्ने गुईठा बनाएर प्रयाेग गर्ने गरिव परिवारहरु बाध्य रहेका छन । बिजुलीबाट खाना पकाउने प्रविधि अाएता पनि ग्रामीण क्षेत्रमा अझै पनि परम्परा शैलिमै गाेवरबाट गुईठा बनाउन प्रति महिलाहरु अाकर्षित हुदै गएका छन ।

    माेरङकाे दक्षिण भेगमा बसाेवास गर्ने ऋिषिदेव, यादव, मंन्डल, साह, राजवंशी लागायतका बृृृद्ध तथा महिलाहरु अहिले गाई ,गाेेेरु र भैैंसीकाे गोवरबाट गुईठा बनाउन ब्यस्त देेेेखिन हुन थालेका छन । उनिहरुले घरमा पालेकाे गाईगाेरुकाे गाेवरबाट निकै फाईदा लिईरहेका छन । कार्तिक महिना देखि बैसाख महिना सम्म गाईकाे गाेवरबाट बर्षदिन सम्मका लागि गाेेेवरबाट गुईठा बनाएर अाफ्नाे खाना पकाउन दाउराको जाेह गरिरहेका छन । सुनवर्सि नगरपाालिका, रंगेली नगरपालिका, रतुवामाई नगरपालिका तथा धनपालथान गाउँपालिकामा रहेका गरिव तथा निम्न बर्गका अधिकान्स महिलाहरु बिहानै घाम लाग्ने बित्तिकै देखि उनिहरु गाेवरबाट गुईठा बनाउदै गरेकाे देख्न सकिन्छ ।

    महिलाहरुले सबैभन्दा पहिले गाेवरलाई पानीमा भिजाएर गिलाे पार्ने गर्दछन र गाेवरलाई पराल वा भुसमा मिसाएर डल्लो पारेर सनपाटबाट निस्केको सन्ठिकाे प्रयाेेेगमा गरेर गाेवरलाई लगाएर घाममा सुकाउने गर्देछन । साे गुईठा १५ दिन भित्र सुकेपछि खाना पकाउने काममा प्रयोग गर्ने गर्देछन । उनिहरुले ६ महिनाकाे अबधिमा बनाएकाे गुईठा पानीबाट सुरक्षित राखेर बर्ष दिन सम्म खाना पकाउने काममा प्रयोग गर्ने गर्दछन ।

    मीना ऋिषिदेव भन्छिन घरकाे अार्थिक स्थितिले गर्दे वजारमा पाईने ग्यास चुलाे तथा बिजुलीबाट खाना पकाउने प्रबिधि अाफुहरुले किन्नका लागि नसकेका कारण अाफुले गाेवरकाे गुईठा बनाएर अाफ्नाे घर परिवारलाई खाना पकाउनेे काममा प्रयोग गरिरहेकाे उनले बताईन । उनि त एक पात्र मात्रै हुन उनी जस्तो गरिव परिवारका सयौं घरपरिवारहरु गुईठाकाे प्रयाेग गर्ने गर्दछन ।

    सुनवर्सि नगरपालिका ५ मा बसाेवास गर्दे अाएकि ६५ बर्षिया चम्पा देवि ऋिषिदेवका अनुसार गुईठाकाे अागाेवाट खाना पकाउदा स्वादिलो र मिठाे हुने र जाडाे याममा उक्त अागाे चुलाेमा धेरै बेरसम्म रहिरहने र तापन समेत राम्रो हुने उनलेे बताईन ।

    गाेवरबाट दाउरा यसरी बनाईन्छ ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal