News Portal

माछा र कुखुराको मासु स्वास्थ्यका लागि लाभदायक

हिमालीसंचार संवाददाता
११०६ पटक

काठमाडौं। दशैं भन्नेवित्तिकै प्राय हरेक नेपालीको भान्सामा पाक्ने परिकारमा पर्छ मासु। दशैंमा खाइने चिल्लो मसलेदार मासुका परिकारलाई मिलाएर खान जानिएन भने स्वास्थ्यमा नराम्रो असर पार्नुका साथै दिर्घरोगको जोखिन समेत निम्त्याउन सक्ने हुदाँ सचेत रहन पोषणविद्को सुझाव छ।

नेपालीहरुको महान पर्व बडादशैको विशेषताकै रुपमा लिइन्छ मासुका परिकार, दशैंका बेलामा सबैको भान्छामा चिल्लो मसलेदार मासुका पकवानमा नै विशेष गरेर जोड दिइएको पाइन्छ। भरपुर मात्रामा प्रोटिन पाइने मासुका मिठा-मिठा परिकार खादा केही समय आनन्द आउछ नै।

सेतो मासु कुखुरा र माछामा पाईने पोषण तत्वले शरीरलाई राम्रो फाइदा पुग्छ पनि तर, खसी, च्याँग्रा, राँगा, जस्ता रातो मासुको बढी सेवन गर्दा सावधानी अपनाउनुपर्नै पोषणविद्को सुझाव छ। शरीरलाई राम्रो फाइदा दिने मासुको हिसाबले सेतो मासुलाई लिने गरेको पोषणविद् रश्नी बजिमय बताउनुहुन्छ।

विगतको तुलनामा ४० वर्षदेखि माथिका मानिसहरु आफ्नो जीवनशैलीप्रति धेरै नै सचेत रहेको पाइएपनि ३० वर्षदेखि मुनिका युवाहरुमा भने बढी मात्रामा लापरवाही देखिएको पोषणविद् बजिमय बताउनुहुन्छ।

तारेका, भुटेका मासुका परिकार, मसलेदार चिल्लो पदार्थको धेरै प्रयोग गर्नाले प्र्रयोग भएका खानाले पाचनप्रणालीमा क्यान्सर जस्ता दीर्घरोगसमेत निम्तन सक्ने बताइन्छ।

दशैंका समयमा मासुजन्य परिकार, अत्याधिक चिल्लो, मदिरा विभिन्न प्रकारका गुलियो मिठाइको सेवनले स्वास्थ्यको समस्या लिइ आउने बिरामीको संख्या बढ्ने गरेको स्वयम् चिकित्सकहरु बताउछन्।

सन्तुलन मिलाएर दशैंमा पाक्ने परिकार सेवन गरेमा धेरै रोगका समस्याबाट बच्न सकिने हुँदा जिब्रोको स्वादका लागि मात्र खाने नभै मासुजन्य परिकारका साथै सागसब्जी, फलफूल र प्रसस्त पानी पिउन पोषणविद् बजिमय बताउनुहुन्छ।

तसर्थ चाडपर्वका यो समयमा बिना कुनै लापरवाही स्वस्थ्य खानपीनमा ध्यान दिइ स्वस्थ्य जीवनशैलीका लागि आफै सचेत बन्न जरुरी छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...