News Portal

माछा र कुखुराको मासु स्वास्थ्यका लागि लाभदायक

हिमालीसंचार संवाददाता
१०१६ पटक

काठमाडौं। दशैं भन्नेवित्तिकै प्राय हरेक नेपालीको भान्सामा पाक्ने परिकारमा पर्छ मासु। दशैंमा खाइने चिल्लो मसलेदार मासुका परिकारलाई मिलाएर खान जानिएन भने स्वास्थ्यमा नराम्रो असर पार्नुका साथै दिर्घरोगको जोखिन समेत निम्त्याउन सक्ने हुदाँ सचेत रहन पोषणविद्को सुझाव छ।

नेपालीहरुको महान पर्व बडादशैको विशेषताकै रुपमा लिइन्छ मासुका परिकार, दशैंका बेलामा सबैको भान्छामा चिल्लो मसलेदार मासुका पकवानमा नै विशेष गरेर जोड दिइएको पाइन्छ। भरपुर मात्रामा प्रोटिन पाइने मासुका मिठा-मिठा परिकार खादा केही समय आनन्द आउछ नै।

सेतो मासु कुखुरा र माछामा पाईने पोषण तत्वले शरीरलाई राम्रो फाइदा पुग्छ पनि तर, खसी, च्याँग्रा, राँगा, जस्ता रातो मासुको बढी सेवन गर्दा सावधानी अपनाउनुपर्नै पोषणविद्को सुझाव छ। शरीरलाई राम्रो फाइदा दिने मासुको हिसाबले सेतो मासुलाई लिने गरेको पोषणविद् रश्नी बजिमय बताउनुहुन्छ।

विगतको तुलनामा ४० वर्षदेखि माथिका मानिसहरु आफ्नो जीवनशैलीप्रति धेरै नै सचेत रहेको पाइएपनि ३० वर्षदेखि मुनिका युवाहरुमा भने बढी मात्रामा लापरवाही देखिएको पोषणविद् बजिमय बताउनुहुन्छ।

तारेका, भुटेका मासुका परिकार, मसलेदार चिल्लो पदार्थको धेरै प्रयोग गर्नाले प्र्रयोग भएका खानाले पाचनप्रणालीमा क्यान्सर जस्ता दीर्घरोगसमेत निम्तन सक्ने बताइन्छ।

दशैंका समयमा मासुजन्य परिकार, अत्याधिक चिल्लो, मदिरा विभिन्न प्रकारका गुलियो मिठाइको सेवनले स्वास्थ्यको समस्या लिइ आउने बिरामीको संख्या बढ्ने गरेको स्वयम् चिकित्सकहरु बताउछन्।

सन्तुलन मिलाएर दशैंमा पाक्ने परिकार सेवन गरेमा धेरै रोगका समस्याबाट बच्न सकिने हुँदा जिब्रोको स्वादका लागि मात्र खाने नभै मासुजन्य परिकारका साथै सागसब्जी, फलफूल र प्रसस्त पानी पिउन पोषणविद् बजिमय बताउनुहुन्छ।

तसर्थ चाडपर्वका यो समयमा बिना कुनै लापरवाही स्वस्थ्य खानपीनमा ध्यान दिइ स्वस्थ्य जीवनशैलीका लागि आफै सचेत बन्न जरुरी छ।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...