News Portal

  • भूकम्प पीडितको सहयोगमा जुटे शेष घले र एनआरएनए अध्यक्ष विनोद कुँवर

    हिमालीसंचार संवाददाता
    ३३३ पटक

    काठमाडौँ। जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग गर्न अस्ट्रेलिया निवासी अर्वपति व्यापारी शेष घले र एनआरएनएका अध्यक्ष बिनोद कुँवरले पहल गरेका छन्।

    जसअनुसार एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका घलेले आफ्नो संस्था एमआईटी फाउन्डेशनमार्फत ५० लाख रुपैयाँ प्रदान गरेका छन्। यस्तै एनआरएनएका अध्यक्ष बिनोद कुँवरले १० लाख १ हजार १०० रुपैयाँ प्रदान गरेका छन्।

    कुँवरको अध्यक्षता र घलेको प्रमुख आतिथ्यतामा आइतबार भर्चुअल रुपमा बसेको आकस्मिक बैठकले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो। जसअनुसार घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना गर्ने निर्णय पनि भएको अध्यक्ष कुँवरले जानकारी दिए।

    यो आपतकालिन अवस्थामा सहयोग गर्न गैरआवासीय नेपाली संघले च्यारिटी गर्न स्थापना गरेको “ग्लोबल एनआरएन फाउण्डेशन” को खातामा सहयोग रकम जम्मा गर्न सकिने उनको भनाइ छ।

    जसअनुसार सो खातामा जानेगरी १ करोडको भन्दा बढी रकम उठेको बताइएको छ। बैठकले सहयोगका लागि सबै देशमा एनसीसीहरुले पहल गर्ने र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाइ सहयोगको लागि आह्वान समेत गरेको छ। सहयोगका लागि प्रभु बैंकको खाता नम्बर १३६०१५३३०६५०००१४ उपलब्ध गराइएको छ।

    सहयोग गर्नेको विवरण राहतका लागि घलेले ५० लाख र कुँवरले १० लाख एक हजार १०० सहयोग गर्दा बीआर लामाले १ लाख, भूमा लिम्बुले १ लाख, उमेश पुडासैनीले ५० हजार, थर्क सेनले १ लाख ५ हजार, जानकी गुरुङले एक लाख, कृष्ण सन्जेल केसीले १ लाख सहयोग गरेका छन्।

    यसैगरी धर्मराज खतिवडाले ५१ हजार, शशी चन्द्र अधिकारीले १ लाख, इर्साद अहमदले १ लाख १ हजार, जुनु गुरुङले १ लाख, पासाङ शेर्पाले १ लाख, पूर्ण देउरालीले ५१ हजार, केशव कडेलले ५५ हजार, कुशल केसीले १ लाख, दीपा राईले ८५ हजार, लक्ष्मी गुरुङले ५० हजार सहयोग गरेका छन्।

    यसैगरी श्याम तामाङले एक लाख, एसी शेर्पा ५ लाख, राज बहादुर शाहीले १ लाख, धरम केसीले २५ हजार ५६३, आरसी सापकोटाले ४३ हजार, लाम्जी लामिछानेले १३ हजार, भक्त भण्डारीले १ लाख, कर्मा शेर्पाले १ लाख र कृष्ण पोखरेलले १ लाख सहयोग गर्दा विभिन्न एनसीसीहरु र व्यक्तित्वहरुले पनि सहयोग गरेका छन्।

    एनआरएनएको बद्री केसी र आरके समूहले पनि भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिसकेको छ। तीन वटै एनआरएनएहरु एक हुनुपर्नेमा कुँवर नेतृत्वको एनआरएनएले जोड दिँदै आएको छ भने पहिलो चरणमा आरके शर्मासँग संवाद सुरु भइसकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

    नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत...

    श्रीमती हत्या प्रकरण : तीन वर्षदेखि फरार रहेका श्रीमान् पक्राउ

    रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक...

    महोत्तरीमा टिपरको ठक्करले १७ वर्षीय युवकको ज्यान गयो, एक गम्भीर अवस्थामा अस्पतालमा

    महोत्तरी, असार १६ – बर्दिबास–जलेश्वर सडक खण्डमा टिपरको ठक्करले एक युवकको ज्यान गएको छ भने...

    आज २०८२ साल असार १६ गतेको राशिफल

    आज असार १६, २०८२ (जुन ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एनसीसीहरू फुटाउन हरेक हत्कण्डा प्रयोग गर्दै बद्री–हेमराज समूह

    काठमाडौँ, असार १५ – अवैधानिक रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा...