News Portal

डि बाेरिङ गाडेर छाडेकाे दुई बर्ष बितिसक्दा समेत काम अधुरै

रविन्द्र बराल
७६४ पटक

रंगेली। मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली स्थानलगायत १० स्थानमा डि बाेरिङकाे निर्माणकार्य सुरु भएता पनि हालसम्म पनि काम भने सम्पन्न हुन सकेको छैन।

नेपाल सरकारले ०७३/०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय अन्तर्गत उक्त कामको सुरुवात गरेको थियो। तर सरकारकाे ढिलासुस्ती कारण साे क्षेत्रमा काम भने हुन सकेको छैन।

रंगेली नगरपालिकाकाे गोहिगाडा, निचामरि, बागान टोल, वडा ४ काे स्वास्थ्य चौकी पछाडी, ५ काे अपगाछी, ६ काे मधुवनी, ७ काे लभटोली, ८ काे दर्वेशा, ९ काे दोहमना र सखुवाथानमा उक्त बाेरिङका लागि कालिका बिल्डिङ्गले सो क्षेत्रमा काम सुरु गरेको थियोे।

बिगत दुई १ बर्ष अगाडि १५ दिनसम्म काम गरेर उक्त बोरिङ गाडिएको थियो। तर डेढ वर्ष बितिसक्दा समेत अहिलेसम्म पनि साे बिरिङ सञ्चालनमा आउन सकेको छैन। सो बाेरिङ सन्चालनमा आएमा साे क्षेत्रमा रहेको ६ सय बिघा भन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिचाइ गर्ने सहज हुने स्थानीयले बताए।

उक्त खेतीहरुमा एकैचाेटी एउटै फसल उत्पादन भएको र सिँचाइको समेत एकैचोटी व्यवस्थापन गर्नुपर्ने भएका कारणले अरु कृषकहरुले राखेको माेटरकाे पालो पर्खनुपर्ने अवस्था समेत रहेको र समयमै बालीमा पानी नहाल्दा उत्पादनमा समेत हरास आउने स्थानीय युवा अंकुश मण्डलले बताए।

तर स्थानीय सरकारले भने अहिलेसम्म कुनै चासो नदिएको समेत आराेप लागाएका छन। कालिका बिलिङका प्रमुख शैलेन्द्र न्यौपानेका अनुसार आफूहरुले बारिङ गाड्ने काम सम्पन्न गरेको बताए। उनका अनुसार बाेरिङकाे काम सम्पन्न गरेर २ करोडौं रुपैयाँ ठेक्का प्रक्रिया मार्फत रकम लिई सकेको बताए।

ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालयका नीर गणेश पाेख्रेलका अनुसार बजेट अभावका कारण काम गर्ने नसकेको र केही महिना अगाडि पुनः काम सन्चालन गर्ने स्टिमेट गरेर कामकाे लागि प्रक्रिया अगाडि बढाएकाे समेत पाेख्रेलले बताए।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाका अनुसार उक्त बोरिङ निर्माणका कार्यका लागि आफूहरूले स्थान मात्रै तय गरेर दिएको र अहिलेसम्म कुनै पनि ठेकेदारले आफूहरूसँग समन्वय नगरिकन निर्माण कार्य अधुरै पारेर छोडेको उनले बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...