News Portal

  • देउती यातायातले दियो यात्रुलाई ‘माइलेज कार्ड’

    हिमाली संचार संवाददाता
    ४२४ पटक

    सुर्खेत : देउती नागरिक यातायात प्रा.लि.ले सुर्खेतबाट काठमाडौं जाने यात्रुहरुका लागि माइलेज कार्ड दिएको छ । नयाँ १८ मोडलका ६ ओटा आरामदायी र लचकदार एयर बसहरुबाट काठमाडौं सेवा शुरु गरेसँगै यात्रुहरुलाई माइलेज कार्ड दिएको हो ।

    प्रा.लि.ले बिहिबार काठमाडौंका लागि तीन ओटा रात्रीकालिन बसहरु छुटाएको छ । हाइस सेवा दिँदै आएको प्रा.लि.ले पहिलो पटक काठमाडौं रुटका लागि बसहरु सञ्चालनमा ल्याएको छ । काठमाडौं सेवा शुरुसंगै यात्रुहरुलाई माइलेज कार्ड दिएका छौं’ प्रा.लि.का सचिव रमेश खड्काले भने ‘प्रा.लि.का जुनसुकै बसहरुमा पनि यात्रुहरुले यात्रा गर्नु अघि काउन्टरमा माईलेज कार्ड देखाए दश प्रतिशतसम्म भाडामा छुट पाउनेछन् ।’

    यात्रुहरुको माग अनुसार नयाँ गाडीहरु भित्र्याएको बताएका सचिव खड्काले यात्रुहरुलाई नै छुटसहित अफर ल्याएको उल्लेख गरे । अन्य बसहरुको तुलनामा यात्रुहरुलाई यात्रामा आरामदायी होस् भन्ने हेतुले लचकदार एयर बस ल्याएको देउती नागरिक यातायात प्रा.लिका अध्यक्ष कमल खड्काले जानकारी दिए । उनले बसमा हिटर, एसी, फ्रि वाईफाई र लक्जरी सिटरहरुको सुविधा रहेको बताए । सुर्खेत बसपार्कबाट दैनिक साँझ ४ र पौने पाँच बजे बसहरु छुटाउने प्रा.लि.ले जनाएको छ ।

    काठमाडौंबाट सुर्खेत आउने यात्रुहरुले तत्कालका लागि सुन्धारा र कलंकीबाट टिकट लिन सक्ने पनि प्रा.लि.को भनाई छ । आगमी मंसिर १ गतेबाट काठमाडौं बसपार्कमै काउन्टर स्थापना गरेर यात्रुहरुलाई सेवा दिइने प्रा.लि.का अध्यक्ष खड्काले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal