News Portal

गंगाजमुना युवा क्लबले सरोकार राख्ने व्यक्तित्वसंग गर्यो छलफल, पर्यटनमा जोड दिनुपर्ने भनाई !

हिमालीसंचार संवाददाता
५६४ पटक

शनिबार ४ भदौ २०७९, काठमाडौं। धादिङको गंगाजमुना गाउँपालिकाको वडा न.५ (साविक वडा न.५)लाई कार्यक्षेत्र बनाएर सामाजिक क्रियाकलाप गरिरहेको सामुदायिक गंगाजमुना युवा क्लबले त्यहाँ सरोकार राख्ने व्यक्तित्वहरुसंग त्यहाँको विविध समस्या र समाधानको उपायहरु सन्दर्भमा छलफल अगाडि बढाएको छ।

साउथ वेस्टन कलेजमा भएको उक्त छलफलमा उत्तम सिखडा, कालिका बानियाँ, अमर सिंखडा, गकुल सिंखडा, चन्द्र बहादुर थापा, डा.राजेन्द्र के.सीलगायत व्यक्तित्वहरुले आ-आफ्नाे सुझाव सहितको भनाईहरु राख्नु भएको थियो।

यसै क्रममा चन्द्र थापाले सामाजिक काम गर्ने सोच अनुरुप क्रियाशील यस्ता क्लव र स्थानिय सरकार विचको संबन्ध सुमधुर हुनुपर्ने, क्लवले अल्पकालीन र दिर्घकालिन योजना वनाएर अघि बढ्नुपर्ने, धार्मिक पर्यटनमा जोड दिनुपर्ने बताए।

उत्पादनमुलक नगदे वालिहरुलाई प्राथमिकतामा राख्नुपर्ने, स्थानिय उत्पादनको प्रयोगमा जोड दिनुपर्ने, उधोग व्यवशाय स्थापनामा विशेष ध्यान दिनुपर्ने, जसका लागी क्लवले पनि स्थानिय स्तरमा समन्वयकारी भुमिका खेल्नुपर्ने विषयमा जोड दिए।

कार्यक्रममा डा.राजेन्द्र के.सीले अन्तर्राष्ट्रिय बजारमा माग वढी भएको कारण कफि खेतिमा जोड दिनुपर्ने, युवा शक्तिलाई स्थानिय स्तरमा आयमुलक काममा परिचालन गर्नुपर्ने विषयमा क्लवले भुमिका खेल्नुपर्ने जसमा आवश्यक सहयोग हुने प्रतिबद्धता गरे।

कार्यक्रममा मुख्य सडकको स्तरोन्नति गर्नुपर्ने र त्यहाँ विजली बत्ती, विधुत प्राधिकरणमार्फत हुने गरि कार्यक्रम अगाडि बढाउन स्थानिय निकायलाई अनुरोध गर्नुपर्ने विषयमा वहससमेत भएको थियो। कार्यक्रम क्लबको अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा सम्पन्न भएको थियो।

अन्त्यमा सुझावलाई छिट्टै कार्यसमिति छलफल वोलाएर गन्तव्य तय गर्ने विषय अध्यक्ष राजु सिंखडाले राखेपछि समापन भएको थियो। कार्यक्रममा पर्यटन व्यवसायी हेमन्त बुढाथोकीको समुहले स्थानीय पहिचान झल्किने गरि शुरु गरिरहेको कृषि व्यवशायको उच्च प्रशंसा गरिएको थियो।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...