News Portal

गंगाजमुना युवा क्लबले सरोकार राख्ने व्यक्तित्वसंग गर्यो छलफल, पर्यटनमा जोड दिनुपर्ने भनाई !

हिमालीसंचार संवाददाता
५९७ पटक

शनिबार ४ भदौ २०७९, काठमाडौं। धादिङको गंगाजमुना गाउँपालिकाको वडा न.५ (साविक वडा न.५)लाई कार्यक्षेत्र बनाएर सामाजिक क्रियाकलाप गरिरहेको सामुदायिक गंगाजमुना युवा क्लबले त्यहाँ सरोकार राख्ने व्यक्तित्वहरुसंग त्यहाँको विविध समस्या र समाधानको उपायहरु सन्दर्भमा छलफल अगाडि बढाएको छ।

साउथ वेस्टन कलेजमा भएको उक्त छलफलमा उत्तम सिखडा, कालिका बानियाँ, अमर सिंखडा, गकुल सिंखडा, चन्द्र बहादुर थापा, डा.राजेन्द्र के.सीलगायत व्यक्तित्वहरुले आ-आफ्नाे सुझाव सहितको भनाईहरु राख्नु भएको थियो।

यसै क्रममा चन्द्र थापाले सामाजिक काम गर्ने सोच अनुरुप क्रियाशील यस्ता क्लव र स्थानिय सरकार विचको संबन्ध सुमधुर हुनुपर्ने, क्लवले अल्पकालीन र दिर्घकालिन योजना वनाएर अघि बढ्नुपर्ने, धार्मिक पर्यटनमा जोड दिनुपर्ने बताए।

उत्पादनमुलक नगदे वालिहरुलाई प्राथमिकतामा राख्नुपर्ने, स्थानिय उत्पादनको प्रयोगमा जोड दिनुपर्ने, उधोग व्यवशाय स्थापनामा विशेष ध्यान दिनुपर्ने, जसका लागी क्लवले पनि स्थानिय स्तरमा समन्वयकारी भुमिका खेल्नुपर्ने विषयमा जोड दिए।

कार्यक्रममा डा.राजेन्द्र के.सीले अन्तर्राष्ट्रिय बजारमा माग वढी भएको कारण कफि खेतिमा जोड दिनुपर्ने, युवा शक्तिलाई स्थानिय स्तरमा आयमुलक काममा परिचालन गर्नुपर्ने विषयमा क्लवले भुमिका खेल्नुपर्ने जसमा आवश्यक सहयोग हुने प्रतिबद्धता गरे।

कार्यक्रममा मुख्य सडकको स्तरोन्नति गर्नुपर्ने र त्यहाँ विजली बत्ती, विधुत प्राधिकरणमार्फत हुने गरि कार्यक्रम अगाडि बढाउन स्थानिय निकायलाई अनुरोध गर्नुपर्ने विषयमा वहससमेत भएको थियो। कार्यक्रम क्लबको अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा सम्पन्न भएको थियो।

अन्त्यमा सुझावलाई छिट्टै कार्यसमिति छलफल वोलाएर गन्तव्य तय गर्ने विषय अध्यक्ष राजु सिंखडाले राखेपछि समापन भएको थियो। कार्यक्रममा पर्यटन व्यवसायी हेमन्त बुढाथोकीको समुहले स्थानीय पहिचान झल्किने गरि शुरु गरिरहेको कृषि व्यवशायको उच्च प्रशंसा गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...