News Portal

भिजिट भिसामा कडाइ, खाडी मुलुक जाने व्यक्तिमाथि थप निगरानी बढाउन निर्देशन

हिमालीसंचार संवाददाता
३७६ पटक

काठमाडौं। सरकारले भिजिट भिसामा कडाइ गरी अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिप्रति पूर्ण सतर्कताका साथ काम गर्न यस्तो निर्देशन दिएको बताए।

विशेषगरी भिजिट भिसामा खाडी मुलुक, टर्की, फिलिपिन्स, थाइल्यान्ड र मलेसिया जाने यात्रुमाथि बढी निगरानी गर्न निर्देशन दिइएको छ।

यस्ता मुलुकका भ्रमणमा जाने व्यक्तिको आवश्यक कागजात, भ्रमणको उद्देश्य जस्ता विषयमा सूक्ष्म अध्ययन तथा क्रम भेरिफिकेसन गर्न भनिएको छ। यसैगरी, कागजातको वैधताको समेत अध्ययन गर्न महानिर्देशक अधिकारीले सम्बन्धित अध्यागमन कार्यालयलाई निर्देशन दिएका हुन्।

भिजिट भिसामा प्रस्थान अनुमति दिँदा नाता प्रमाणितलगायत आवश्यक कागजात अनिवार्यरूपमा ‘नेपाल पोर्ट सिस्टम’मा अपलोड गर्न समेत विभागले निर्देशन दिएको छ।

यो निर्देशन कार्यान्वयनमा आएपछि अब नेपालबाट विभिन्न देशमा भिजिट भिसामा जाने नेपालीमाथि विशेष निगरानी तथा कडाइ हुने विभागले जनाएको छ।

अहिले अत्यधिक चर्चामा रहेको नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने ठूलो प्रकरण बाहिर आएपछि सरकारले अब भिजिट भिसामा विदेश जानेहरूमाथि निकै कडा निगरानी बढाउन लागेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...