News Portal

भिजिट भिसामा कडाइ, खाडी मुलुक जाने व्यक्तिमाथि थप निगरानी बढाउन निर्देशन

हिमालीसंचार संवाददाता
४६७ पटक

काठमाडौं। सरकारले भिजिट भिसामा कडाइ गरी अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिप्रति पूर्ण सतर्कताका साथ काम गर्न यस्तो निर्देशन दिएको बताए।

विशेषगरी भिजिट भिसामा खाडी मुलुक, टर्की, फिलिपिन्स, थाइल्यान्ड र मलेसिया जाने यात्रुमाथि बढी निगरानी गर्न निर्देशन दिइएको छ।

यस्ता मुलुकका भ्रमणमा जाने व्यक्तिको आवश्यक कागजात, भ्रमणको उद्देश्य जस्ता विषयमा सूक्ष्म अध्ययन तथा क्रम भेरिफिकेसन गर्न भनिएको छ। यसैगरी, कागजातको वैधताको समेत अध्ययन गर्न महानिर्देशक अधिकारीले सम्बन्धित अध्यागमन कार्यालयलाई निर्देशन दिएका हुन्।

भिजिट भिसामा प्रस्थान अनुमति दिँदा नाता प्रमाणितलगायत आवश्यक कागजात अनिवार्यरूपमा ‘नेपाल पोर्ट सिस्टम’मा अपलोड गर्न समेत विभागले निर्देशन दिएको छ।

यो निर्देशन कार्यान्वयनमा आएपछि अब नेपालबाट विभिन्न देशमा भिजिट भिसामा जाने नेपालीमाथि विशेष निगरानी तथा कडाइ हुने विभागले जनाएको छ।

अहिले अत्यधिक चर्चामा रहेको नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने ठूलो प्रकरण बाहिर आएपछि सरकारले अब भिजिट भिसामा विदेश जानेहरूमाथि निकै कडा निगरानी बढाउन लागेको हो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...