News Portal

पर्वतका पत्रकारमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पक्राउ पुर्जी

अगन्धर तिवारी
५३३ पटक

पर्वत। पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित ७ पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी जारी गरेको छ।

प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ।

गिरीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा कुनै पनि पत्रकारको व्यक्तिगत रुपमा नाम नलिई समग्र जिल्लाको पत्रकारिताबारे निर्मम टिप्प्पणी गर्दै स्टाटस लेखेका थिए। उनको स्टाटसमा विभिन्न पत्रकारहरुले गरेको कमेन्टमा गिरीले प्रतिक्रिया लेखेको देखिन्छ। कतिपय प्रतिक्रियामा गिरीले अपशब्द प्रयोग गरेको देखिन्छ।

प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले पत्रकार महासंघको लेटर प्याडमै गिरीविरुद्ध उजुरी परेपछि आफूहरुले पक्राउ पुर्जी गरेको बताए। पत्रकारहरुले गिरीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम निजलाई कारबाहीको माग गर्दै आइतबार उजुरी दर्ता गराएका थिए।

महासंघका जिल्ला अध्यक्ष सन्तोष थापाले महासंघको नामसहित राखेर गिरीविरुद्ध किटानी जाहेरी दिइएको बताए। उनले प्रत्येक उजुरीकर्तालाई गिरीले के-के शब्द प्रयोग गरेर आरोप लगाए भनेर त्यसमा खुलाइएको बताए। उजुरी गर्ने मध्ये गणेश पौडेल पूर्वकार्यवहाक अध्यक्ष, छविलाल तिवारी निर्वतमान अध्यक्ष एवं पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...