News Portal

  • जाजरकोटको नेविसंघ अध्यक्षमा ललित बस्नेत निर्वाचित

    हिमाली संचार संवाददाता
    ५४० पटक

    जाजरकोट : नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ जाजरकोटको अध्यक्षमा ललित वस्नेत निर्वाचित भएका छन्। सदरमुकाम खलंगामा वुधवार सम्पन्न संघको १० औं जिल्ला अधिवेसनबाट वस्नेत निकटतम प्रतिद्धन्दी मुक्तिप्रसाद गौतमलाइ २५ मतको अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

    पुस १६ गते सोमवार देखि सुरु भएको संघको जिल्ला अधिवेशनले निर्वाचन मार्फत आफनो नयाँ नेतृत्व चयन गरेको हो। नव निर्वाचित अध्यक्ष वस्नेतले कुल खसेको ३२७ मत मध्य १सय ४० मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्दी गौतमले १ सय १५ मत प्राप्त गरे। यसैगरि सचिवमा प्रदिप रावलले १ सय ५६ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी पारसविक्रम केसीले १ सय १२ मत प्राप्त गरे। कोषाध्यक्षमा दुर्गा भन्डारीले १ सय ५८ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्धन्दी नैनसरा सिंहले १ सय ५५ मत प्राप्त गरिन् । यसैगरि निर्वाचनवाट १६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

    यो पनि पढ्नुहोस।

    ललित बस्नेत नेविसंघ जाजरकोटमा नै किन ? 

    नेविसंघ जाजरकोट सचिवमा प्रखर युवा पारस विक्रम केसीको दाबि 

    संघको विद्यान अनुसार एक संसदीय निर्वाचन क्षेत्र भएको जिल्लामा तोकिएको १९ सदस्यीय कार्य समितिमा उपाध्यक्ष र सहसचिव निर्वाचित सदस्यहरु मध्य कार्य समितिले मनोनित गर्ने व्यवस्था छ भने समावेसी सिद्धान्त अनुसार ६ जना सदस्यहरु अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।

    संघका नवनिर्वाचित अध्यक्ष वस्नेतले अव आफनो पहिलो जिम्मेवारी जिल्लाका सातैवटा स्थानीय तहका सवै विद्यालय र वस्तीहरुमा रहेका नेपाल विद्यार्थी संघका संरचनाहरुलाइ गतिशिल र मजवुत वनाउनु रहेको वताए । उनले नेपाल विद्यार्थीसंघ मार्फत नेपाली काँग्रेसको संगठनलाइ जिल्लाका कुना कुना सम्म चलायमान वनाउन आफु सम्पुर्ण रुपले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

    काँग्रेस नेता वेदराज सिंहले नेपाल विद्यार्थी संघको १० औं जिल्ला अधिवेसनले नेपाली काँग्रेस जाजरकोटमा नयाँ रक्तसन्चार गरेको वताए । यस अघि संघले जिल्लाका ६४ वटा माध्यमिक विद्यालय, ४ वटा क्याम्पस र ७ वटा स्थानीय तहमा सर्वसम्मतिका आधारमा इकाइ समिति र पालिका समितिहरु चयन गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal