News Portal

धादिङमा  अनलाइनबाट मतदाता नामावली संकलन

हिमालीसंचार संवाददाता
२८५ पटक

धादिङ-जिल्ला निर्वाचन कार्यालय धादिङले माघ २ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते देखि जिल्ला निर्वाचन कार्यालय धादिङमा प्रि इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम (त्रुटि सच्याउने, नामावली सार्ने लगाएतको काम सुचार हुने जनाएको छ ।

मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा, विवाह वा बसाइँ सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाइँ सराइँ दर्ता प्रमाणपत्रका आधारमा आवश्यक प्रमाण सहित प्रि–इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...