News Portal

  • फेरि टुक्रिने सम्भावना एनआरएनए, छुट्टै कमिटी घोषणा गर्ने तयारी

    हिमालीसंचार संवाददाता
    ३२७ पटक

    काठमाडौं – गैर आवासीय नेपाली संघको विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ।

    बिहीबार भएको निर्वाचनमा केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरिएको थियो । तर उपाध्यक्षका उम्मेदवार केशव पौडेलले काठमाडौंबाट पाएको मत शुन्य देखाएपछि विवाद सुरु भयो । अरु पनि त्रुटि देखिएको भन्दै अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्मा पक्षले निर्वाचन परीणाम स्वीकार नगर्ने बताए ।

    केसीसहित अध्यक्षहरु कुल आचार्य र रविना थापाले वक्तव्य निकालेर अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए ।त्यसपछि भएको छलफलका क्रममा निर्वाचनबारे दुई साताभित्र छानबिन गर्ने सहमति भयो । अध्यक्षका उम्मेदवारद्धय श्रेष्ठ र शर्माका अनुसार निर्वाचनमा त्रुटि देखिए फेरि मतदान गर्ने, नभए अहिलेको कमिटीलाई सबैले स्वीकार गर्ने सहमति भएको थियो । त्यो सहमति विपरित केसी पक्षले हतारहतार सपथ कार्यक्रम राखेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

    शनिबार साँझ संयुक्त पत्रकार सम्मेलन गरेका श्रेष्ठले सपथले अविश्वास थप बढाएको बताए । ‘तीन जना अधयक्षले स्थगित गरेको प्रक्रिया सुचारु नगरी सपथ लिनु कानुनी विपरित छ’ छानबिनबाट आउने निष्कर्ष स्वीकार गर्न तयार रहको भन्दै उनले भने, हतार हतार सपथले झन अविश्वास पैदा भयो ।’

    अर्का उम्मेदवार शर्माले पनि हतार हतार सपथ गर्नुले निर्वाचनमा धाँदली गरेको प्रमाणित भएको बताए । गैरआवासीय नेपाली संघ सबैको साझा हुनुपर्छ भन्ने आफूहरुको माग रहेको भन्दै उनले भने, ‘जबरजस्ती आफैंले स्वघोषणा गर्न पाइँदैन ।’

    उपाध्यक्षका उम्मेदवार केशव पौडेलले स्पेलिङ गलत भएका कारण आफ्नो मत शुन्य देखिएको भनेर दिएको स्पष्टीकरण स्वीकार नभएको बताएका छन् । आफूलाई विजयी भएको भनेर सपथका लागि बोलाएपनि नगएको भन्दै उनले भने, ‘चुनावमा अनियमितता छ भन्ने देखिएको छ । दुधको दुध पानीको पानी छुट्याउन जरुरी छ । जबसम्म त्यो हुन्न, म कुनै पनि पद स्वीकार गर्दिन ।’

    उपाध्यक्षका अर्का उम्मेदवार गंगाधर गौतमका अनुसार सम्मेलनको बाँकी बन्दसत्र सुरु गर्ने र नयाँ कमिटी घोषणा गर्ने तयारी छ । वर्तमान कार्यसमितिको दुई अध्यक्षसहित बहुमत पदाधिकारीहरु ठाउँमा रहेको भन्दै उनले अघि भने, अधिवेशनमा थाति रहेका प्रतिवेदन पास गर्न यही हलमा बस्छौं, यदि कुनै प्राविधिक कारणले दिएन भने प्रक्रियामा लगेर आधिकारिक टिम घोषणाा गर्ने र्छौं ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...

    सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

    काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ...