News Portal

जाजरकोटको नेविसंघ अध्यक्षमा ललित बस्नेत निर्वाचित

हिमाली संचार संवाददाता
७३२ पटक

जाजरकोट : नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ जाजरकोटको अध्यक्षमा ललित वस्नेत निर्वाचित भएका छन्। सदरमुकाम खलंगामा वुधवार सम्पन्न संघको १० औं जिल्ला अधिवेसनबाट वस्नेत निकटतम प्रतिद्धन्दी मुक्तिप्रसाद गौतमलाइ २५ मतको अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

पुस १६ गते सोमवार देखि सुरु भएको संघको जिल्ला अधिवेशनले निर्वाचन मार्फत आफनो नयाँ नेतृत्व चयन गरेको हो। नव निर्वाचित अध्यक्ष वस्नेतले कुल खसेको ३२७ मत मध्य १सय ४० मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्दी गौतमले १ सय १५ मत प्राप्त गरे। यसैगरि सचिवमा प्रदिप रावलले १ सय ५६ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी पारसविक्रम केसीले १ सय १२ मत प्राप्त गरे। कोषाध्यक्षमा दुर्गा भन्डारीले १ सय ५८ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्धन्दी नैनसरा सिंहले १ सय ५५ मत प्राप्त गरिन् । यसैगरि निर्वाचनवाट १६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

यो पनि पढ्नुहोस।

ललित बस्नेत नेविसंघ जाजरकोटमा नै किन ? 

नेविसंघ जाजरकोट सचिवमा प्रखर युवा पारस विक्रम केसीको दाबि 

संघको विद्यान अनुसार एक संसदीय निर्वाचन क्षेत्र भएको जिल्लामा तोकिएको १९ सदस्यीय कार्य समितिमा उपाध्यक्ष र सहसचिव निर्वाचित सदस्यहरु मध्य कार्य समितिले मनोनित गर्ने व्यवस्था छ भने समावेसी सिद्धान्त अनुसार ६ जना सदस्यहरु अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।

संघका नवनिर्वाचित अध्यक्ष वस्नेतले अव आफनो पहिलो जिम्मेवारी जिल्लाका सातैवटा स्थानीय तहका सवै विद्यालय र वस्तीहरुमा रहेका नेपाल विद्यार्थी संघका संरचनाहरुलाइ गतिशिल र मजवुत वनाउनु रहेको वताए । उनले नेपाल विद्यार्थीसंघ मार्फत नेपाली काँग्रेसको संगठनलाइ जिल्लाका कुना कुना सम्म चलायमान वनाउन आफु सम्पुर्ण रुपले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

काँग्रेस नेता वेदराज सिंहले नेपाल विद्यार्थी संघको १० औं जिल्ला अधिवेसनले नेपाली काँग्रेस जाजरकोटमा नयाँ रक्तसन्चार गरेको वताए । यस अघि संघले जिल्लाका ६४ वटा माध्यमिक विद्यालय, ४ वटा क्याम्पस र ७ वटा स्थानीय तहमा सर्वसम्मतिका आधारमा इकाइ समिति र पालिका समितिहरु चयन गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...