News Portal

प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

२६५ पटक

काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले महत्वपूर्ण जिम्मेवारीसहित सहभागी गराउन खोजेकी छिन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेकी प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा बनेको सरकारलाई सफल बनाउन डा. रुइतको सहयोग आवश्यक भएको बताउँदै मन्त्री बन्न आग्रह गरेकी थिइन्।

तर, डा. रुइतले आफ्ना बिरामी र अस्पतालको जिम्मेवारीलाई प्राथमिकता दिँदै मन्त्री बन्न अस्वीकार गरेका छन्। सञ्चारकर्मीले मन्त्रिपरिषद्मा सहभागी हुनेबारे सोध्दा उनले भने, “यहाँ यत्रो काम छ, बिरामीलाई छाडेर आउन सक्दिन।”

अन्तरिम सरकार गठनपछि डा. रुइतलाई मन्त्री बन्ने चर्चा भए पनि उनले निरन्तर चिकित्सकको भूमिकामार्फत जनसेवामा केन्द्रित रहने स्पष्ट पारेका छन्।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...