News Portal

प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

१६४ पटक

काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले महत्वपूर्ण जिम्मेवारीसहित सहभागी गराउन खोजेकी छिन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेकी प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा बनेको सरकारलाई सफल बनाउन डा. रुइतको सहयोग आवश्यक भएको बताउँदै मन्त्री बन्न आग्रह गरेकी थिइन्।

तर, डा. रुइतले आफ्ना बिरामी र अस्पतालको जिम्मेवारीलाई प्राथमिकता दिँदै मन्त्री बन्न अस्वीकार गरेका छन्। सञ्चारकर्मीले मन्त्रिपरिषद्मा सहभागी हुनेबारे सोध्दा उनले भने, “यहाँ यत्रो काम छ, बिरामीलाई छाडेर आउन सक्दिन।”

अन्तरिम सरकार गठनपछि डा. रुइतलाई मन्त्री बन्ने चर्चा भए पनि उनले निरन्तर चिकित्सकको भूमिकामार्फत जनसेवामा केन्द्रित रहने स्पष्ट पारेका छन्।

 

प्रतिकृया दिनुहोस्

शिक्षालय र उद्योगबीच अप्रेन्टिसीप कार्यक्रम सम्पन्न

रविन्द्र बराल/ मोरङ, पुष ३ – कोशी प्रदेशको राजधानी विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा “औद्योगिक प्रशिक्षार्थी...

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...